काठमाडौँ । सरकारले सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड बढाएपछि नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पत्रकारहरू विरोध तथा धर्नामा बसेका छन् ।
महासंघको नेतृत्वमा पत्रकारहरु सामुहिक गिरफ्तारीको माग गर्दै बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेका छन् ।
‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको छ ।
महासंघले सरकारको मिडिया र सञ्चारकर्मीमाथिको धरपकड रोक्न दबाबमूलक कार्यक्रम जारी राख्ने जनाएको छ ।


अनलाइन डबली


