आज :

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

  • अनलाइन डबली

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१÷८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीलाइ सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

सम्मान ग्रहण गर्दै चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले करदाताका रूपमा आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले एनबैंक सञ्चालनमा ल्याएको छ । पारदर्शी व्यावसायिक अभ्यास र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा पनि आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal