आज :

एनपीएलः पोखराद्वारा काठमाडौंलाई कीर्तिमानी लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । यो लक्ष्य एनपीएल ईतिहासकै उच्च लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायो । जसमा कुशल भुर्तेलले ९९, युवराज सामराले ८९ रन बनाए ।

काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । बाहिरिसकेको पोखरा भने अंक तालिकाको पुछारमा छ । काठमाडौंले आजको खेल जिते पहिलो क्वालिफायर खेल्नेछ । हारेको खण्डमा इलिमिनेटर खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal