काठमाडौं । सत्ता र शक्ति केन्द्रको बलमा ‘लालीबजार’ चलचित्र चलाईएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा नेपाल दलित उत्पीडित केन्द्रले आयोजना गरेको कार्यक्रममा उनिहरुले बादी समुदायले क्षतिपूर्ति पाउनुपर्ने माग समेत गरेका छन् ।
केन्द्रका अध्यक्ष नन्दराज घतानेले ‘लालीबजार’ चलचित्रले बादी समुदायको इतिहास, सामाजिक पहिचान र आत्मसम्मानमा आँच पु¥याएको आरोप लगाएका छन् । उनले शक्ति केन्द्र र स्वयम बादी समुदायका केहीलाई निर्माताले प्रभावमा परेर हलमा लालीबजार चलाए पनि डिजिटल माध्यममा रोक्न माग गरेका छन् ।
बादी समुदायको इतिहासलाई विद्रुपिकरण गरी चलचित्रबाट करोडौं कमाएको जिकिर गर्दै घतानेले भने “हलमा करिब १० लाखले हेरे, करोडौं कमाए, तर अब त्यसलाई डिजिटल माध्यममा लग्न खोजिदै छ ।”
अभियान्ता डा.रोशनि बादीले चलचित्र ‘लालीबजार’ले दलित समुदायको आत्मसम्मानमाथि ठेसु पर्याएको र निर्माताले क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् ।
चलचित्रको कथावस्तु र पात्रहरूको चित्रणले समग्र बादी समुदायलाई गलत रूपमा प्रस्तुत गरेकोले आफूहरुले चलचित्रमाथि पुनरावलोकन गर्न माग गर्दा पनि सम्बोधन नभएको उनले बताईन् । त्यसलाई रोक्नुको सट्टा करोडौं कमाउने माध्यम बनाईको उनको जिकिर छ । बादीले लालीबजारले बादी समुदायको हदैसम्म मानमर्दन गरेकाले वर्तमान सरकारले निर्मातालाई कारबाहीको मागसमेत गरेकी छन् ।
सर्लाहीका निसान मैनालीले महतो परिवारको २ करोड ठगि गरी उठीबास लगाएको आरोप
सो कार्यक्रममा सर्लाही जिल्ला बरहथवा नगरपालिका ९ का निसान मैनाली र उनको परिवारले सोही ठाउँकी उमाकुमारी देवी महतोलाई करिब २ करोड बराबरको ठगि गरेको उनका श्रीमान भागनारायण महतोले बताए ।

महतोले आफू विदेश भएको बेला श्रीमतिलाई १ लाख ५० हजार ऋण लिएको बापत १० कट्ठा जग्गा र ६५ लाख रुपैयाँ ठगि गरेको आरोप लगाए । पीडक निसान मैनालीले शक्तिको आडमा गैरकानुनीतबरबाट श्रीमति उमाकुमारी महातोको नाममा ४ दिनमा २ वटा लालपूर्जा बनाएर आफ्नो आमा निर्मला पन्त मैनालीको नाममा नामसारी गराएको दुःखेसो पोखे । न्यायको लागि गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोविता गौतमसम्म पुगेको र उनिहरुले न्यायदिने आस्वासन दिए पनि आहिलेसम्म न्याय नपाएको जानकारी गरे ।


अनलाइन डबली



