आज :

वर्षापछि नागरिकको जीवन रक्षा र तत्काल उद्धारमा जोड दिन सांसद अर्यालको माग

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्षाका कारण कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएको तथा सडक र पुलहरू क्षतिग्रस्त भएको बताइन् । कतिपय नागरिक सम्पर्कविहीन रहेको र केही परिवार सुरक्षित स्थानको खोजीमा रहेको बताइन् ।

उनले यस्तो अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु रहेको बताउँदै तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गरिन् । साथै, बाढीपहिरोबाट भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

कालीगण्डकीलाई तटीय क्षेत्र बनाएर गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत ११ जिल्ला बाढी, पहिरो, हिमपहिरो र डुबानबाट प्रभावित भएको उनले बताइन् ।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal