आज :

सरकार गम्भीर भएर जनताका समस्या समाधानमा लाग्नुपर्छ : सांसद राई

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते भएको घटनालाई नेपालमा पछिल्लो सय वर्षयताकै ठूलो विपत्तिका रूपमा उल्लेख गरे ।

उनले उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे ।

राईले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै गम्भीर विषयमा सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए । उनले सरकारका गतिविधि स्पष्ट र गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो पारा, गतिविधि भइरहेको छ कि, कम्तीमा विषय गम्भीर छ भने सिरियस्ली लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ, म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै, मुलुकमा बढ्दो अभाव, भोकमरी तथा आत्मदाहका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे । यस्ता समस्याका कारण सरकार र संसद्प्रति जनतामा नकारात्मक धारणा बन्ने अवस्था आउन नदिन सरकारले समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

प्रतिपक्षमा रहे पनि जनताका समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको राईले बताए । उनले जनताका आवाजलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal