आज :

बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था गरियोस् : सांसद शर्मा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङमा ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भोटेकोशी बाढीको घाउ सुक्न नपाउँदै असोज ८ गतेदेखि परेको लगातार वर्षासँगै आएको बाढीपहिरोले देशभर र विशेषगरी बागलुङमा थप क्षति पुर्याएको बताइन् ।

उनले भनिन्, ‘बागलुङमा असोज १० र ११ गते आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धम्सारमा घर भत्किँदा ९५ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ ।’

त्यस्तै, निसीखोला गाउँपालिका–३ मा घर भत्किँदा एकै परिवारका श्यामकुमारी विक, मनोज विक, ईरेश विक र निसान विकको मृत्यु भएको उनले जानकारी दिइन् । निसीखोला गाउँपालिका–६ का सूर्य घर्ती मगरको पनि घर भत्किँदा मृत्यु भएको शर्माले बताइन् ।

तमानखोला गाउँपालिका–३ का बुद्धिराज घर्ती र भीमदेवी घर्ती तथा वडा नम्बर ४ का हस्तवीर सिर्पाली र उदीसरा सिर्पालीको पनि बाढीपहिरोमा परी मृत्यु भएको उनले उल्लेख गरिन् । एक जना महिला अझै सम्पर्कविहीन रहेको शर्माले बताइन्

उनले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन् ।

सांसद शर्माले बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था मिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा बेपत्ताको शीघ्र खोजी र उद्धार गर्न सरकारसँग माग गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal