सल्यान । खलगा सिल्पाटी खानेपानी उपभोक्ता संस्थाको १०औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा सम्पन्न साधारणसभामा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव इन्दिरा भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष, खानेपानी कार्यालयका इन्जिनियरलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले नगरपालिकाले खानेपानीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रका लागि एक अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउन नगरपालिका सफल भएको जानकारी दिँदै विकास निर्माणमा आमनागरिकको सकारात्मक सोच र सहयोग आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी मौलिक अधिकार भए पनि सरकारले यस क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको बताउनुभयो। उहाँले विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), ब्याजदर तथा उपभोक्ताको सहभागितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।
अध्यक्ष ओलीले सडक तथा भवन निर्माण गर्दा जनताबाट अतिरिक्त रकम उठाउन नपर्ने भए पनि खानेपानीजस्तो मौलिक अधिकारको क्षेत्रमा भने उपभोक्ताबाट ३० प्रतिशत लगानी मागिनु न्यायोचित नभएको प्रश्न उठाउनुभयो। उहाँका अनुसार करिब ८० प्रतिशत नागरिकलाई उपभोक्ता समितिमार्फत खानेपानी सेवा सञ्चालन तथा वितरण भइरहेको अवस्थामा सरकारले करिब २० प्रतिशत जनतालाई मात्र सेवा दिँदै आएको छ। कुल बजेटको ठूलो हिस्सा सरकारी संयन्त्रबाट सञ्चालन हुने योजनामा खर्च हुने तर उपभोक्ता संस्थाले ठूलो संख्यामा नागरिकलाई खानेपानी सेवा पुर्याउँदै आए पनि त्यस्ता संस्थालाई पर्याप्त बजेट विनियोजन नगरिनु उपभोक्तामाथि अन्याय भएको उहाँको भनाइ थियो।
साधारणसभामा संस्थाका सचिवले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष केशव बुढाथोकीले संस्थाको क्षमता विकास, प्रविधिमैत्री सेवा तथा आर्थिक पारदर्शितालाई मुख्य लक्ष्यका रूपमा अघि बढाइने बताउनुभयो। उहाँले संस्थालाई थप प्रभावकारी र सेवामुखी बनाउँदै उपभोक्तालाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। खलगा सिल्पाटी खानेपानी उपभोक्ता संस्थाको १०औँ साधारणसभा सम्पन्न

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष केशव बुढाथोकीले संस्थाको क्षमता विकास, प्रविधिमैत्री सेवा तथा आर्थिक पारदर्शितालाई मुख्य लक्ष्यका रूपमा अघि बढाइने बताउनुभयो। उहाँले संस्थालाई थप प्रभावकारी र सेवामुखी बनाउँदै उपभोक्तालाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

अनलाइन डबली