आज :

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • अनलाइन डबली

काठमाडौं । नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजेसम्म नारायणी नदीको देवघाट र दरमखोलाको वामीटक्सारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास तथा विगतमा डुबान हुने गरेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज बेलुकीसम्म नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहनसमेत आग्रह गरिएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal