आज :

राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल दाङ जिल्ला समितिको बैठक सम्पन्न

  • अनलाइन डबली

दाङ ।  राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल, दाङ जिल्ला समितिको बैठक सम्पन्न भएको छ।

बैठकको अध्यक्षता दाङ जिल्ला समितिका अध्यक्ष तथा घोराही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष धुर्व केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव बासुदेव गौतमले गर्नुभएको थियो।

बैठकमा राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेमराज ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी महासंघका केन्द्रीय सल्लाहकार शंकर गौतम तथा नारायणपुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सर्वणकुमार रजौरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले दाङ जिल्लाभर महासंघको संगठनात्मक संरचनालाई थप चुस्तदुरुस्त बनाउँदै सबै खानेपानी उपभोक्ता संस्थाको तथ्यांक (डाटा) संकलन गर्ने, खानेपानी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, पानीको गुणस्तर (वाटर क्वालिटी) सुधार तथा पारदर्शी र व्यवस्थित व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहहरूसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

बैठकमा जिल्लाभित्रका खानेपानी उपभोक्ता संस्थाहरूबीच आपसी सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने तथा खानेपानी सेवाको गुणस्तर सुधार गर्न साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal