आज :

अदालतको आदेशको उल्लङघन गर्दै, प्रहरीकैबीच ललितपुरमा ४ युवामाथि भौतिक अक्रमण

  • अनलाइन डबली

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ११ मा केही व्यक्तिहरुले प्रहरीकैबीच ४ युवाहरुलाई आक्रमण गरी घाईते बनाएका छन् । शनिबार विहानैदेखि जग्गा धनी बन्दना बास्कोटाले आफ्नो जग्गालाई बार बन्देज लगाउँदै गर्दा स्थानीय भनिएका व्यक्तिहरुले डोजरसहित आएर आक्रमण गरेको पीडितले गुनासो गरेका छन् ।

आफूहरुले अदालतको आदेश अनुसार कानुनसंवत जग्गालाई घेरबार गर्न पर्खाल लगाउने क्रममा करिब डेढ सयको संख्यामा आएका व्यक्तिहरुले आक्रमण गरेर ४ जनालाई घाइते बनाएको पीडितले जनाएको छ ।
“स्थानीयको भेषमा आएका अधिकाशं राष्ट्रिय स्वतन्त्रपार्टीका कार्यकर्ताहरुले सुरेश तामाङ, रामकृष्ण तामाङ र हिरा तामाङलाई प्रहरीकैबीचमा संघातिक आक्रमण गरे” पीडितले बताए ।

नगरपालिकाको ११ र १३ नम्बर वडाको सीमानामा रहेको बन्दना बास्कोटाको जग्गालाई करिब एक वर्ष अगाडि ११ नम्बर वडाका स्थानीय समिर लामा र रामकृष्ण तामाङले जग्गा बैना गरेको र जग्गा आफूहरुको नाममा पास गर्नुपूर्व अनावश्य अवरोध झेल्नु परेको बताएका छन् ।
३५ आना जग्गाको क्षेत्रफलको जग्गाको बीचमा सानो खोला बगेको र त्यसैलाई नापजाँच गरेर आफ्नो सीमाना छुट्याउन खोज्दा नगरपालिकाले ३ महिना झुलाएको गुनासो गरेका छन् । सोही क्रममा समस्या हल नभएपछि उच्च अदालत दिएको निशेधाज्ञा सम्बन्धि दिएको रिटमा अदालतले २०८३ साउन ७ गते आफ्नो जमिनलाई घेरबार गर्न आदेश दिएको समिर लामाले बताए । सोही आदेश नगरापलिकामा बुझाउँदा पनि साँधियारको प्रभावमा परेर नगरपालिकाले नगरप्रहरी पठाएर अबरोध गर्न लगाएको र साँधियारहरुले आफ्ना पक्षका मान्छे जम्म गरेर निरन्तर अबरोध गरेको पीडितको गुनासो छ ।

यसअघि वैशाखमा पनि त्यही विवादमा एकजान अर्का स्थानीयलाई पनि आक्रमण गरिएको र अहिले पनि निरन्तर आक्रमण जारी रहँदा स्थानीय प्रशासन मौन बस्नुका साथि पछाडिबाट अक्रमणकारीहरुलाई नै साथ दिएको पीडितको गुनासो छ । पीडितले आक्रमणकारीहरुविरुद्ध प्रहरीसमक्ष उजुरी दिन जाँदा शनिबार भनेर उजुरी दर्र्ता गर्न नमानेको गुनासो गरेका छन् ।

सो विषयमा सो क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य बुद्धरत्न महर्जनसंग जानकारी लिँदा दुबै पक्षलाई मिलाउन खोजिरहेको बताए । आक्रमणमा उत्रेका अधिकाशं रास्वपाका कार्यकर्ता भन्ने आरोप बारे महर्जनले ‘पार्टीलाई अनावश्यक जोड्न गलत रहेको र दोषि भए जो कोहीलाई कानुनी कारबाहीमा आफ्नो समर्थन रहने’ जनाए ।

रास्वपा ललितपुर जिल्ला सभापति समेत रहेका महर्जनले सबैले कानुनको पालना गर्नुपर्ने र अदालतको आदेशको उल्लङ्घन गर्न नहुनेसमेत बताए ।
गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई बुझ्न खोज्दा सम्पर्क हुनसकेन । थप विस्तृत अर्को समाचारमा ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal