आज :

पर्यटन विधेयकमाथि संसदमा छलफल सुरु, पर्यटन क्षेत्र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको सांसदहरुको दाबी

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।

विधेयकमाथिको सामान्य छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको बताएका छन् ।

उनले भने, ‘नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार मानेको छ । हिमाल, पहाड र तराईको जैविक विविधता, भाषा, संस्कृति र धार्मिक सम्पदाहरु हाम्रो पहिचान मात्र हैन, समृद्ध नेपालको बलियो आर्थिक आधार पनि हो । विडम्बना, हामीसँग अथाह सम्भावनाहरु हुँदाहुँदै पनि पर्यटन क्षेत्रहरु अझै व्यवस्थित, प्रतिस्पर्धी बन्न सकेको छैन ।’

यस्तै सांसद सुशिल खड्काले पर्यटन विधेयक, २०८१ लाई पूर्ण समर्थन जनाउँदै हिमाल आरोहणसँगै बढ्दो फोहोर व्यवस्थापनप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले हिमाल आरोहणको मौसम छ । योसँगै सगरमाथा लगायतका हिमालहरुमा चढ्न, चढाउन र रेकर्ड तोड्ने प्रतिस्पर्धा पनि छ । एकैदिन २७४ जनाले सगरमाथामा विजय हासिल गरे र १ अर्ब बढी रोयल्टी उठ्यो भनी उत्सव मनाइरहेका छौं । तर धेरै मान्छे चढ्नु भनेको धेरै फोहोर जम्मा हुनु हो र १ सयको कमाइ हुँदा नेपालमा रहने जम्मा ५ देखि १० रुपैयाँ मात्र हो । त्यो पनि पाखुराको कमाइ ।’
उनले हिमालजस्तो जलवायु संवेदनशील क्षेत्रमा फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको उल्लेख गर्दै भने, ‘अध्ययनले भन्छ अहिले पनि सगरमाथा लगायत हिमालमा २ हजारदेखि २५ सय टन फोहोर र ४ सय बढी लास छन् । एक किलो फोहोर उठाउन कम्तिमा ४ हजार रुपैयाँ र एउटा लास उठाउन एक करोड बढी खर्च लाग्दछ ।’

त्यसैगरी सांसद जगदीश खरेलले संसद अवरोध गरिरहेका विपक्षी दलप्रति प्रश्न उठाएका छन् ।
उनले भने, ‘आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको । ४८ वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दा एउटा प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले यो ऐन बनाउने प्रक्रियालाई हलो अड्काउन मिल्दैन । संसद विपक्षीहरुले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal