काठमाडौं । मेलम्ची नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगहरू तत्काल बन्द गराउन अनुगमन टोली खटिएको सक्रिय भएको जनाइएको छ । स्वतन्त्र जेनजी युवा अशोक घोरासैनीले विहिवार एक वक्तव्य जारी गरि सिन्धुपाल्चोक जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा गठित टोलीले शुक्रबारदेखि स्थलगत अनुगमन सुरु गर्र्न जनाएका छन् ।
अशोकका अनुसार जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्ची नगरपालिका क्षेत्रमा केही क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन भएको पाइएकाले ती उद्योगहरू तत्काल बन्द गराउने उद्देश्यले अनुगमनको थालनी गर्ने जनाईको छ । टोलीमा जिल्ला समन्वय अधिकारीको समेत उपस्थिति रहने पनि जाईएको छ ।
अनुगमन टोलीले स्थलगत रूपमा निम्न विषयमा जाँच गर्ने जनाएको छः
वातावरणीय प्रभाव मूल्याङ्कन (EIA/IEE) रिपोर्ट बिना वा मापदण्डविपरीत सञ्चालन भए नभएको ।
ध्वनि तथा धुलो प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना भए–नभएको ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा प्रयोग भए नभएको ।
स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि र वातावरणमा परेको नकारात्मक प्रभाव ।
अन्य कानुनी तथा प्राविधिक मापदण्डको पालना भएनभएको ।
वातावरण र जनजीवनमा असरः
प्राप्त जानकारीअनुसार मापदण्ड नमान्ने क्रसर उद्योगका कारण स्थानीय वातावरण, नदी प्रणाली, कृषि भूमि र जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको गुनासो तथा रिपोर्ट प्राप्त भएपछि प्रशासनले कडाई गर्न थालेको उल्लेख छ ।
सरकारको स्पष्ट नीति अनुसार मापदण्ड पूरा नगरी सञ्चालन भएका सबै प्रकारका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू बन्द गरी कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनपछि विस्तृत प्रतिवेदन तयार गरी थप कारबाहीका लागि सिफारिस गरिने पनि जनाईएको छ ।
सम्बन्धित सरोकारवालालाई आफ्नो क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योगहरू तुरुन्त रोक्न प्रशासनले आग्रह गर्ने पनि उल्लेख छ ।


अनलाइन डबली



