आज :

नेपाल भाषामा निर्माण भएको सर्ट म्युजिकल स्टोरी ‘गंसि’ सार्बजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ ।नेपाल भाषामा निर्माण भएको सर्ट म्युजिकल स्टोरी ‘गंसि’ सार्बजनिक भएको छ। अमर चित्रकार र सरिता महर्जन स्वर, शब्द तथा संगीत तथा एरेञ्ज भूपेन्द्र बज्राचार्यको रहे यस म्युजिकल स्टोरीको आज किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा सार्बोजनीक गरिएको  हो।

प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं. १६का वडा अध्क्षय निर्मल रत्न शाक्यले म्युजिकल स्टोरी समय सापेक्ष बनेको म्युजिक भिडियो भएको बताउनुभयो। उहाँले नेपाली कला क्षेत्रमा विशिष्ट छवि बनाएका मदनकृष्ण श्रेष्ठ पछिका सशक्त स्रष्टाका रूपमा भूपेन्द्र बज्राचार्य स्थापित हुन सक्ने धारणा व्यक्त गरे  ।

यसै गरि विशेष अतिथि राजेन्द्र खड्गीले म्युजिकल स्टोरी पूर्ण लम्बाइको फिल्मका रूपमा विस्तार गरिए आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले भिडियो पुनः हेर्ने इच्छा व्यक्त गर्दै कथा तथा प्रस्तुति प्रभावशाली लागेको प्रतिक्रिया दिए ।

यस सर्ट स्टोरीमा अमर चित्रकार, आराध्या लक्ष्मी खड्गी, भूपेन्द्र बज्राचार्य, भेष महर्जन, सुनेश शाक्य, राम चित्रकार, रविन्द्र शाक्य, चिरिबाबु महर्जन, राजेन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, नीरज प्रधान, मोहिदिन खान, विक्रम खड्गी, श्याम महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ। विशेष उपस्थितिका रूपमा राजेन्द्र खड्गी देखिनुभएको छ। नृत्यतर्फ श्रुयति शाक्य, स्मृति शाक्य, सुरवि शाक्य र रुमिका महर्जनको प्रस्तुति समावेश गरिएको छ।
छायांकन अमर चित्रकारले गर्नुभएको हो भने क्यामेरा टोलीमा सुनिल भण्डारी, राम चित्रकार र सुब्रिना चित्रकारको रहेको छ ।
सहायक निर्देशकका रूपमा मन्जिल शाक्य र भेष महर्जन, कोरियोग्राफी आराध्या लक्ष्मी खड्गी, ड्रोन अपरेटर तथा सहायक सम्पादक सुब्रिना चित्रकार रहेको छ।
सम्पादन तथा कलर अमर चित्रकारले गर्नुभएको हो भने पोस्ट–प्रोडक्सन AM Creation Nepal ले गरेको छ। कन्सेप्ट तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ।

म्युजिकल स्टोरी हेर्न तल फोटोमा क्लिक गर्नु होला – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal