आज :

‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पा

  • अनलाइन डबली

काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।
रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । गीतमा यी दुईजना रोमान्टिक देखिएका छन् ।
२७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।

माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत फिल्ममा छ ।

माइकल चन्दकै पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ । फिल्मले ‘पर्दा पछाडिको पर्दा’ को थिम बोकेको छ । फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal