आज :

मंगल बहुमखी क्याम्पसबाट स्नातक उत्तीर्ण ४३ विद्यार्थीहरु दीक्षित

  • अनलाइन डबली

 

कीर्तिपुर, फागुन ७ गते । स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई मंगल बहुमखी क्याम्पसले दीक्षित गरेको छ । क्याम्पस स्थापना भएको १९ वार्षिकोत्सवमा ती विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले ४३ जनालाई दीक्षित गर्नुभएको हो ।

कीर्तिपुर नयाँबजारस्थित केएनएस प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुलाई विदेशमा गएर अध्ययन गर्नुभन्दा पनि त्रिभुवन विश्वविद्यालयमै भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न आह्वान गर्नुभयो । उहाँले उच्च शिक्षालाई विश्वस्तरको बनाउनको लागि छुट्टै आयोग स्थापनामा जोड दिनुहुँदै हरेक क्याम्पसले अनुसन्धानमा काम गर्नु आवश्यक भएको चर्चा गर्नुभयो ।

नेपालमा रहेका सामुदायिक क्याम्पसले शैक्षिक स्तरमा उल्लेखनीय योगदान दिएको बताउनुहुँदै सरकारले गरेको सहयोगमा वृद्धि हुन आवश्यकतामा जोड दिनुभयो । यस्तै, वागमति प्रदेशका सदस्य पुकार महर्जनले वागमति प्रदेशले सामुदायिक क्याम्पसलाई आवश्यकताको आधारमा सहयोग गरिने बताउनुभयो । उहाँले सरकारले स्नातक उत्तीर्ण परीक्षार्थीलाई रोजगार दिने गरी शिक्षा नीतिलाई परिवर्तन गर्नपर्ने धारणा राख्नुभयो ।

कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले विद्यार्थीहरुलाई रोजगार दिने गरी प्राविधिक शिक्षामा जोड दिनुभयो । कीर्तिपुरमै स्थापना भएको त्रिभुवन विश्वविद्यालयले यहाँका सामुदायिक क्याम्पसहरुलाई विशेष रुपमा सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो । क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष तथा मगंल रिसर्च जर्नलका प्रधानसम्पादक प्राडा लक्ष्मीबहादुर महर्जनले त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेर शैक्षिक उन्नयनको लागि योगदान दिने बताउनुभयो ।

क्याम्पस प्रमुख प्रदिप महर्जनले देशको माटो सुहाउँदो शिक्षा अपरिहार्य रहेको बताउनुहँुँदै चाँडै स्नातकोत्तर तहमा पनि शिक्षा दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो । यस्तै, कार्यक्रममा कृष्ण हीरा अक्षयकोष, रत्नबहादुर स्नातक, रत्नभाई नगद, विद्यानन्द नगद, रुद्रबहादुर स्मृति, टिकाचन्द्र विश्व अक्षय कोष, खेम, अनिस स्मृति, जुलुम शाक्य स्मृति, जया रत्ना नामका पुरस्कारहरु वितरण गरिएको थियो ।

भोजपुर नगरपालिका १२, टक्सारबाट अध्ययन गरेर दीक्षित हुनुभएका दिपेश शाक्यले यस क्याम्पसमा पाएको उत्कृष्ट शिक्षा र दीक्षालाई देश र समाजको हितको लागि सदुपयोग गर्ने प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुले देउडा, नेवारी, तामागं सेलो, रिमिक्स नाचहरु, उखान टुक्का, मुक्तक, कविता र गीत प्रस्तुत गर्नुभयो थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal