आज :

चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने

  • अनलाइन डबली

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् ।

म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।
‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फस्र्ट सिनेमा हुनेछ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ ।

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको छ । सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिती रहेको थियो ।

चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त भइसकेको छ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । केही महिनाभित्र छायांकन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal