आज :

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो।

शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै मनाइने यस दिवसले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिन्छ ।

शिक्षा सबै नागरिकसम्म नपुगुन्जेल लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने संयुक्त राष्ट्रको निष्कर्ष छ ।

यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–निर्माणमा युवाको शक्ति’ रहेको छ ।

यस नाराले शिक्षालाई केवल सरकार वा शिक्षण संस्थाको जिम्मेवारीका रूपमा मात्र नभई युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागिताबाट विकास हुने साझा प्रक्रियाका रूपमा व्याख्या गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२० को सेप्टेम्बरमा आयोजना गरेको रूपान्तरणकारी शिक्षा शिखर सम्मेलनले अघि सारेका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजान यस वर्ष पनि विश्वभर राजनीतिक प्रतिबद्धता र सहकार्य सुदृढ गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal