काठमाडौँ । चुनावमार्फत एकीकृत जनक्रान्तिलाई अगाडि बढाउने बताउँदै आएको विप्लव नेतृत्वको नेकपा (माओवादी) ले शीर्ष नेताहरूले चुनाव नलडाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय गरेको बताइएको छ ।
यसअघि महासचिव विप्लव रोल्पा, प्रबक्ता खड्कबहादुर विश्वकर्मा कालिकोटबाट उम्मेदवारको रुपमा सिफारिस भएका थिए । सिफारिससँगै नेता कार्यकर्तालाई सामाजिक संजालमार्फत चुनाव प्रचारप्रसार गरिसकेका थिए । तर, उम्मेदवारीको दर्ताको अघिल्लो दिन विप्लव, प्रकाण्डसहितका शिर्ष नेताहरु चुनावमा नउठाउने निर्णय पार्टीले गरेको छ ।
स्रोतका अनुसार विप्लवले भेट्न आएका नेताहरुसँग चुनावमा आफूहरुलाई हराउने योजना बनिसकेको र अहिले नै लड्न उक्त योजनाअनुसार आफूहरुलाई जसरी पनि तयारी भइरहेको बताउने गरेका छन् । उक्त योजनालाई असफल बनाउन पनि आफूहरु चुनावमा नजाने निर्णय गर्नु परेको बैठकमा विप्लवले ब्रिफिङ गरेका थिए ।
नेकपा एमालेसँग चुनावी तालमेलको चर्चा पनि आइरहेको थियो । नेताहरुका अनुसार एमाले रोल्पा र कालिकोट छोड्न पनि तयार भएको थियो ।
शिर्ष नेताहरु चुनावमा नलडाउने निर्णय गरेको माओवादीले अब तल्लो तहका कार्यकर्तालाई मात्रै मैदानमा उत्रार्ने भएको छ । विप्लव पहिलोपटक चुनाव लड्ने समाचारसँगै उत्साहित भएका नेता कार्यकताहरु यो निर्णयबाट निरास भएको बताइएको छ ।


अनलाइन डबली




