पदम श्रेष्ठ-
यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे
मब्युसाः बुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः,
लाटपाटा कुलिंचा जुत्छी त्यः, यःमरि च्वामू……..
भन्दै तिहारमा देउसी–भैलो मागेजस्तै मागेर यःमरि खाने परम्परा छ काठमाडौं उपत्यकाका नेवार समुदायमा मनार्यरहदा पुर्वि नेपालका किरात समुदायमा उधौली र थारु समुदायमा फगुइृको नाउँमा नयाँ चामलको परिकार बनाएर खाने खुवाउने परम्परा पाईन्छ । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पून्हीलाई बौद्धहरु पञ्चतत्व (चाकु, तिल, अदुवा, पानी र चामलको पीठो) ले पूर्ण चिवहाः चैत्यका रूपमा लिन्छन् । यःमरि खानाले जाडो सहन सक्ने ऊर्जा र कफ ,बाथ रोगलाई नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने तथ्य आधारका कारणपनि यःमरि खाने खुवाउने परम्पराले ब्यापकता पाउँदै जान थालेको हो । यः को सात्विक अर्थ मनपरेको मरिले रोटी भन्ने अर्थ लाग्दछ । चामलको पीठोभित्र चाकु,तिल,खुवा,अदुवाको रस राखी ममःझैं बफाएर यःमरि बनाईन्छ । किसानहरुले यस दिन चामलको पीठोबाट गणेश,लक्ष्मी, ज्यापू,ज्यापून्ही, ख्याक, कवँ कुवेरआदिको प्रतीक द्यः मरि अर्थात देवि देवताको रोटीका साथ ल्ह्वचामरि ,चखुँ ,बखुँ –( चराचुरुङगी ) ,साँप ,मुसा आदिको आकृति बनाएर देविदेवतालाई चढाउने र ,पितृलाई समेत मन्छाएर ढुकुटी पूजा गर्दछन् । नयाँ धानको चामल विशेषगरी टाईचिनको चामलको पिठोबाट यःमरि बनाईन्छ । यःमरि नेवार समाजमा छोरी–चेली दुई जीउँहुँदा माइतीखलकले धौबजी –( दहि चिउरा ) खुवाउन जाँदा होस वा बालबालिकाको पास्नी , जन्मोत्सव, विवाह, नयाँ बर्ष न्हुदँ म्हपूजा र वृद्ध पास्नी जङ्कुमापनि यःमरि नभई हुँदैन ।
यःमरि बनाउने तरिकाः
यःमरि बनाउन नयाँ धानको टाइचिन चामलको पीठोभए झनै उचित । पीठो मनतातो पानीले मुछ्नुपर्छ । मुछ्दा धेरै गिलो वा साह्रो हुनुहुँदैन । हातमा तेल वा घिउले दलेर एक मुठी पीठोको डल्लो बनाउनु पर्छ , त्यहि पिठोको डल्लो भित्र हातको बूढीऔंलोलेतरिका संग पेट खाली बनाउँदै लाने र त्यसभित्र चाकु, तिल स्वादअनुसार खुवा, घिउको लेदो एउटा चम्चाको सहाराले राख्दै जाने र मुख बन्द गरी अण्डाकार बनाउने गरिन्छ । अण्डाकारमा आएको यःमरिको डल्लोको एक कुनामा माछाको पुच्छर जस्तै निकालिनेछ भने त्यो यःमरिको डल्लोलाई मःमः जस्तै बफाएर पकाउनुपर्छ । यःमरिलाई विभिन्न सम्प्रदायले आ आफ्नै तरिकाले दर्शन शास्त्रको आधारमा ब्याख्या गरेतापनि बास्तवमा यःमरिको आकार जस्तोसुकै जाडोलाईपनि सहनसक्ने माछाको प्रतिक हो भन्न सकिन्छ ।
फगुई पर्व र थारुः
यसै दिन तराईका आदिबासी भूमिपुत्र थारु समुदायमा नयाँ अन्न घर भित्र्याएर भब्य पूजा गरिन्छ । नयाँ अन्न भित्र्याएर गरिने पूजालाई औंली लेना–औली देना भनिन्छ । नयाँ अन्नको पिठोबाट झझराँको रोटी नेवार समुदायमा चाकु खुवा नराखिकनै बनाईने यःमरी जस्तै फगुई बनाई देवता चढाएर खाईन्छ । उपत्यकाका किसान समुदायमा बनाईने यःमरि र ताराईका भुमिपुत्र थारु समुदायले नयाँ धानको चामलबाट बनाईने परिकार नाउँ प्रकृया फरक भएपनि यस दिन खाईने परम्पाराबाट के भन्न सकिन्छ भने ज्यापु र थारु समुदायमा कतै न कतै मिलन विन्दु रहेको छ ।
किराती पर्व उधौली-
अन्न उत्पादनका लागि प्रकृतिलाई धन्यवाद दिन मनाईन्छ, किराती पर्व उधौली । भव्य सभामा रजश्वला हुन पुगेकी बहिनी सोइसोइला लाज र ग्लानिवंश समारोह छोडेर जंगल पस्छिन् । दोलोकुम्मा दो सोइसोइला भन्दै चेलीलाई बोलाउँदापनि फर्किनन् भने भुइँमा खसेको श्रीपेच ढुंगा बन्न पुग्यो ।
श्रीपेचको शक्ति ढुंगामा छ भन्नेहरू,ढुंगापूजक लिम्बू,, र श्रीपेचको शक्ति बहिनी सोइसोइलासँगै जंगलमा छ भन्नेहरू प्रकतिपूजक खुम्बू (राई) कहलाए । मुन्धुम धर्मशास्त्र अनुसार, उँभौली र उँधौली पुज्नेहरूमा राई (खुम्बू), लिम्बू, याख्खा, सुनुवारले वैशाख पूर्णिमामा चण्डी नाचेर (साकेला) र मंसीर पूर्णिमाका दिन उँधौली –(सिल्ली) मनाउँछन् । तर किराँतभित्रकै कुलुङ,जेरो,याम्फूले पुस १५,१६,१७ गते चक्चाकुर नयाँ वर्ष मनाउँछन् । नेवारहरुले योमरी पुन्ही मनाइरहँदा किराँतलेपनि नयाँ अन्नको परिकारखाँदै सिल्ली मनाउँछन् । यस दिन किराँत भूमि पूर्वी नेपालको पहाडी इलाकामा मौलिक हाक्पारे,लङसिङ ,केनीसा नाच्ने र किराँती धर्मशास्त्र मुन्धुमअनुरूपका फुङवा,चोङवा, थाक्वाथाक्मा, पाक्लुङलेटमा देवीदेवताको पूजागरी धनुकाँड प्रदर्शन गरिन्छ । सिल्ली उधौलीेको आख्यानुसार,आदिकालमा खेती गर्न नजानेका किराँतहरू काँचै तरुल,गिठ्ठा,भ्याकुर र जंगली जन्तुको मासु खानेगर्दा अनेक रोग लागी मर्दथे । तर तागेरा देवताले कागुन र धान खेती र पाकाएर खान सिकाएपछि डाँडाकाँडानै ढाकिनेगरी जनसंख्या बढ्ेछ । यही खुशीयालीमा नयाँ धान वा कागुनको परिकार खाने र साकेला नाची चाखोम्बा, मिसेक, युमासाम, धेवासाम, थुङदाङवा र सायात्रुदेनका देवीदेवतालाई सुंगुर, कुखुरा, राँगा बलि दिई नयाँ अन्नको परिकार खाईन्छ ।
कुलुङ चाड, येले दोङ, चाक्वाकुरः
किराँतभित्रका कुलुङहरूको महान् चाड चाक्वाकुर पौष १५ देखि १७ गतेसम्म मनाइने परम्परा छ । कुलुङ आदिभूमि सोलुखुम्बुको महाकुलुङ छेस्कम,गुदेल,बुङ,साद्दी,पार्व,सोत्तो (सोताङ) मौलिक भाषा कुलुुङ परम्पराको पहिचानसहित मनाईन्छ चक्चाकुर । पुस १७ नयाँ वर्ष येले दोङपनि हुँदा ३ दिन भकारी पूजा गरेर ।
मिनारी दाचाम्री ः पौष १५गते गरिने पूजा । घरमा मीठो–मसिनो खान्छन् ।‘
तोबुबा–दोलम ः दोस्रो दिन चेली–छोरी ज्वाइँलाई बोलाएर खुवाउने ।
नयाँ वर्ष येलेदोङ ः शुभ कामना सहित तोबुबा पिलम’ भव्य मनाउँछन् ।
पारिवारिक भेटघाट, शुभ–कामना आदानप्रदान गर्दै मीठोे खाएर मनाउने चाक्वाकुर पर्व सोलुखुम्बुको महाकुलुङमा विशेष मनाईन्छ भने सुनसरी, मोरङ, झापा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, काठमाडौंका कुलुङहरूले पर्वलाई पुनः जागृत गर्दैछ ।
सासौं लुभु गोभ्रातेश्वर महादेव जात्रा ः
ने.सं. ६८०–७२३ कालीन राजा विश्व मल्ल र गङ्गा महारानीको राज्यकालमा लुभूवासीमा गलगाँडको महामारीले हाहाकार फैलिएछ । ज्योतिषीलाई देखाउँदा महादेवभन्दा माथिल्लो ढोलमा महालक्ष्मी पीठ प्रतिष्ठापित भएकोले गलगाँड महामारी फैलिएको बताएछ । गङ्गा महारानीले बस्तीको बीचभागमा तीनतले महालक्ष्मी निर्माणगरी गोभ्रातेश्वर महादेवसहित जात्रा चलाएपछि महामारी शान्त भयो भनिन्छ । बछलाथ्वतृतीया ( वैशाख अक्षय तृतीया ) देखि दशमीसम्म रातो मच्छिन्द्रनाथ रथारोहणका बेला हुने महालक्ष्मी जात्रा लुभुको मुख्य पर्व हो ।
तर योम्हरी पूर्णिमाकै दिन लुभु गोभ्रातेश्वर जात्रालाई महामारी अन्त्यमा योगदान पुर्याउने पर्वका रुपमा लिएको पाईन्छ । योमरि पुन्हि एक दिनअघि प्रतिपदाको दिन घर लिपपोटगरी शुद्धसँग बनाएको योम्हरी काँसको थालमा एक रुपियाँ दामसहित छुट्याइन्छ भने एक माना चामलसहित पूजाकालागि ल्याउने गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रागर्दै पूजा थाप्दा महादेवलाई १४ जना द्वारे र १६जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै मंसीर पूर्णिमाका दिन चोभरी दुवाल ज्यापूहरूले नुहाई–धुवाई पवित्रभई नङ काटी एक्लै सुत्ने सेतो जामा पहिरेर जात्रा चलाईन्छ । गोभ्रातेश्वर महादेव स्थानमा दुवाल ज्यापूका पुर्खाले पशुपति दर्शनगर्दा गाईको गोबरमा महादेवले दर्शन दिएकोले गोभ्रातेश्वरलाई नेपालभाषामा सासौ महाद्यो भनिएको भन्नेपनि भनाईछ ।
थेचो नवदुर्गा गणनृत्य ः
यःमरि पून्हीको एक दिनअघि प्रतिपदाको दिन छोयला बु (पोलेको राँगाको मासुलाई नुन–खुर्सानीमा मली बनेको ) परिकारसँग भोज खाई ऐतिहासिक थेच्वको नवदुर्गाजात्रा मनाईन्छ । छोयला बु, यःमरि पून्ही, पिङ्गल जात्रा,मी प्याखँ (कोयलाछी जात्रा), भैलाजु जात्रागरी पाँच दिन थेचो नवदुर्गा जात्राका ब्रह्मायणी र बालकुमारी खटजात्रा गरिन्छ ।
‘१२वर्षे थेचो नवदुर्गा जात्रा विशेष ः पूर्वकर्मनाशा र पश्चिम नख्खुबीचको करिब १३५०० रोपनीमा फैलिएको थेचो नवदुर्गा जात्रा वर्ष दिन अगाडि श्रावणकृष्ण त्रयोदशीदेखि तयारी हुन्छ । नवदुर्गागणमा सिंहिनी, व्याघ्रिनी, वाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमैंजु (महालक्ष्मी), म्हासुख्वा माजु (ब्रह्मायणी), कुमारी, वामुख्वामाजु, विष्णुदेवी, गणेश,तुयुख्वा माजु (वंगालादेवी)को मुकुन्डो गहना, लुगा र आगद्यो रहेको नवदुर्गा मन्दिरभित्र हाँस,कुखुराको बलि दिई भोज खाइसकेपछि एक महिनासम्म मूलढोका बन्द गरिन्छ । मूलढोका बन्दपछि थेचोभरि बाजा बजाउन, बिहे–व्रतबन्ध गर्न, इष्टमित्र–आफन्तलाई देश घुमाउन, राति बास बस्न पूर्ण बन्देज लगाइन्छ । भनिन्छ, यस अवधिमा अज्ञात व्यक्ति (दही–चिउरा) खान्छु भन्दै आउने र सोही व्यक्ति देवीलाई बलि दिने कथन थियो । देवी जगाउन लेलेको तीनपानी भन्ज्याङबाट ‘आगामसिं’ काठ ल्याई चोकमा नृत्य छाप्रो बनाइन्छ ।
सोही रात, सिंहिनी– ब्याघ्रिनीलाई थेचोको यामुन्या पोखरीको,,
भैरवलाई छम्पी दह, क्षणकालीलाई खुल्डोचाबाट र
वाराहीलाई बुँलीदह गोदावरीबाट पानी ल्याई चोख्याउने गरिन्छ ।
त्यसै गरी महालक्ष्मी, मनमैंजुलाई यामुन्या पोखरी,
विष्णुदेवी बामुख्यालाई धापाखेलको, गंगा र गणेशका लागि गलबल ठेचोको जल ल्याई गोप्य पूजागरी विधिपूर्वक मुकुन्डो र पोशाक लगाउछन् ।
यस थेचो नवदुर्गा जात्रा गणनृत्यमा,, ढल्को क्षेत्रपाटीस्थित इन्द्रायणी पीठ, टोखाको कालिकास्थानमा जस्तै जीवित माछा, भँगेरा, सर्प र बोका दन्दनी बलिरहेको होमस्थलमा दहन गरिन्छ ।
थानकोट महालक्ष्मी जात्राः र योमरी पुर्णिमाँ
योम्हरी पूर्णिमाका दिन गोपाली, देसार ज्यापुको आदिभूमि थानकोटमा महालक्ष्मी, महाभैरवीको खटजात्रा हुने गर्दछ । राजा अमर मल्लद्वारा ने.सं.६०४मा बस्ती रक्षार्थ स्थापित अष्टमातृका पीठमध्ये महालक्ष्मीलाई यस देशको प्रमुख देवी मानिन्छ । आदिनारायणको खटजात्रालगत्तै थालिने महालक्ष्मी जात्रा चाफःटोलका देसार गुथीका भैरवलाई विधिपूर्वक ढुंगेसिंह कटाएपछि अगाडि बढ्छ । द्वारे र दुवाल समुदायको सहयोगमा हुने जात्राअघि महालक्ष्मी मन्दिरमा गोपाली कन्याको इही गरिन्छ । गोपाली समुदायमा इही गर्ने परम्परा छैन तर जात्राका बेला दुई जना कन्याको इही (बेल विवाह गर्नु)लाई भाग्यमानी मानिन्छ । गङ्गटो बलि दिएर शुरू हुने पञ्चबलि (राँगा, हाँस, बोका, भेंडा, कुखुरा) बलिसहित महालक्ष्मी जात्रामा भैरव र गणेश खटको सहभागि हुन्छन ।


अनलाइन डबली






