आज :

प्रलोपा कैलालीको सिफारिसमा जनयुद्धका डाक्टरदेखि युवा व्यवसायीसम्म

  • अनलाइन डबली

धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो ।

जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट डा. जनकराज शाह र राजेन्द्र शाहीलाई सिफारिस गरेको छ । त्यस्तै, २ नम्बरबाट भगत बडुवाल र डम्बर रावल, ३ नम्बरबाट लक्षिराम र ५ नम्बर धर्मसिंह प्रपालालाई सिफारिस गरेका छन् ।
निर्वाचन क्षेत्र नं. ४ बाट कसलाई सिफारिस गर्नेबारे छलफल भइरहेको प्रलोपा कैलालीले जानकारी दिएको छ ।

सिफारिस भएका व्यक्तिहरु सबै अब्बल भएको प्रलोपाको दाबी छ । डा. शाह अर्थशास्त्री हुन् भने रावल जनयुद्धका स्वाथ्यकर्मी हुन् । त्यस्तै, बडुवाल पूर्वजमुक्ति सेनाका कमाण्डर हुन् भने शाही युवा व्यवसायी हुन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal