आज :

श्रमिक तथा रोजगारदाताको सुरक्षा राज्यले प्रत्याभूति गर्नुपर्ने

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे ।
देशमा राजनीतिक अस्थिरताको कारण श्रम क्षेत्र सबल हुननसकेको बताउँदै पुनले भने,‘लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिनुपर्ने समस्या बढ्दै गएको छ भने अर्कातिर दक्ष श्रमिकहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको छ ।’
देशको समग्र स्थायीत्वको लागि चुनावको विकल्प नरहेको जिकिर गर्दै पुनले सबै राजनीतिक दलहरु निर्वाचन केन्द्रीत हुनुपर्नेमा जोड दिए । ‘पछिल्लो समयमा जेनजीकै साथीहरुले संसद पुनःस्थापनाको कुरा उठाउनु अपरिपक्वताको संकेत हो, यो विघटन ओलीजीले गरेको जस्तो संसद विघटन होइन’, पुनले भने ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघद्वारा प्रकाशित‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तकले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा रहेका मजदुरहरुले अधिकारका लागि गरेको संघर्षलाई लिपिबद्ध गरि प्रकाशन गरेकोमा धन्यवाद दिए ।
अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले ‘होटल मजदुर आन्दोलनको दर्पण’ प्रकाशनले यस क्षेत्रको संघर्ष,आन्दोलन र उपलब्धि सबै विषयलाई समेटेर प्रकाशन गरेकोमा संघलाई धन्यवाद दिए ।
रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल(रेवान)का अध्यक्ष संघर्ष विष्टले ‘होटल मजदुर आन्दोलनको दर्पण’ प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिए । सो पुस्तकले समग्र पर्यटन क्षेत्रको विषय समेट्ने प्रयास गरेको र आगमी दिनमा थप विषय बस्तु समेट्दै पुन प्रकाशन गर्न सुझाए । व्यवसायी र श्रमीकले हातेमाले गरेर अगाडि बढ्दा मात्रै श्रम क्षेत्र सुरक्षित हुने विष्टले बताए ।
संघका अध्यक्ष कुमार पन्तले आफूहरुले लामो समयदेखि १० प्रतिशत सेवा शुल्क पुनःप्राप्ति, नियमित काममा स्थायी श्रमिक, पूर्ण सामाजिक सुरक्षाको कार्यान्वयनलगायतको लागि संघर्ष गर्दै आएको र त्यसलाई दस्तावेजीकरण गर्न‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्षहरु सोमबहादुर तामाङ र सुशीला पुन, महासचिव सालिक काफ्ले, उपामहासचिव तथा संघका इन्चार्ज माधव पाण्डे, उपमहासचिवहरु शिव पोखरेल, रामचन्द्र कार्की, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, महासचिव राम कुमार खड्का, उपमहासचिव सुदर्शन तिमल्सिना, सचिवहरु राम कुमार वाग्ले, अम्रिता सापकोटा, सुमन महर्जन, कोषाध्यक्ष राम पन्त, संघका सल्लाहकारहरु, केन्द्रीय सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal