
पदम श्रेष्ठ –
जनयुद्ध ताका सामन्तीलाई भाटे कार्यवाही , स्वषकको प्राण हरण , अर्कालाई काम गराई खानेको जमिन लुटेर काम गरी खानेलाई सामुहिक खेती गराउने अभियान र लागु पदार्थ दुव्र्यसनी ,ब्यभिचारीलाई श्रम शिविरलगायतका रचनात्मक काम गर्दा जन जनमा ब्यापक भिजेको थियो माओवादी आन्दोलन ।
जुन नेतृत्वले जव पहिलो निर्वाचनमा नै दुई तिहाई वहुमत ल्याई देशको सबैभन्दा ठुलो राजनितिक पार्टी भएको थियो । हो , त्यही बेला जनयुद्धको लासको थुप्रोबाट उठेको नेतृत्व वर्गले केहि गर्न खोज्दा खोज्दैपनि जनयुद्ध भित्रै कमाउनिष्ट भाईरस प्रवेश गरेपछि बनिबनाउ नेतृत्व ७ टुक्राभन्दापनि बढीमा विभाजित हुन गयो । यति ठुलो विडम्बना र विस्तापनका विचपनि माओवादी आन्दोलनले उत्पिडित जाति भाषा धर्म वर्ग सम्प्रदायलाई आफ्नो अधिकारको लागि आफैं जागृत भई आन्दोलित हुनुपर्छ भन्ने ठुलो चेतना त जगायो । तर राजनितिमा रिटायरर्स बुद्धाहरुको झुण्डले युवाहरुको अवाजलाई सुन्दै नसुन्ने नेतृत्वमा आउनै नदिने , जे कुरामापनि खोंचेमात्र थापिरहने भएपछि प्रत्येक राजनितिक पार्टी ,समाज ,वर्ग समुदायबाट जेन्जि विद्रोह हुन पुगेको हो ।
आफ्नो लागि आफैंले नगरेसम्म नेताहरुले केहिपनि गरिदिदैनन भन्ने मुल सन्देशका साथ जेन्जि पुस्तालाई जुरुक्कै उठाउने कार्य चाहि न्युज २४ टेलिभिजन मार्फत सञ्चारकर्मी रवि लामिछानेद्धारा वेचिएकी चेलीलाई उद्धार गर्ने गराउने अभियान मार्फत हुनगएको सर्वविदितै छ । बास्तवमा भन्ने हो भने कुनैपनि राजनितिक पार्टीले जनताका समस्या सडक, संचार , यातायात , पर्यटन ,प्रविधिलगायत जताततै भ्रष्टाचार ,कालोवजारी ,धुसखोरी बलत्कारीहरुलाई सार्वजनिक गर्ने र कार्यवाहि गराउने कार्यमा सञ्चारकर्मी रवि लामिछानेको ठुलो योगदान रह्यो ।
जस्तै ः
१) स्वदेशी श्रम शीप र प्रविधिलाई प्रवद्र्धन गर्ने जुन प्रयोजनका लागि डा. बाबुराम भटटराई प्रधानमन्त्री हुनुहँुदा गोल्छाको शेर्पा गाडी उत्पादन र प्रयोगको थालनी ।
२) कृषि उत्पादनको लागि समयमानै मल,विउ ,सिंन्चाईको प्रवन्ध गर्ने र देश भित्रै रासायनिक मल कारखाना खोल्न माओवादी नेता लोकेन्द्र विष्ठले थाल्नुभएको अभियान र वचनबद्धता ।
३) देशभित्रै जलश्रोत उत्पादन र सदुपयोग थाल्नु हुने उज्यालोका प्रतिक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई नाफामा ल्याई चौविसै घण्टा विजुली आउने कार्य गरिनु र आकाशमाथि गुजुमुटिल्टएर उल्टै जिरो नम्वर दिएर निकालिने जुन कुकार्य के.पि. आर्जुको सरकारबाट भयो त्यो अन्यायको विरुद्धपनि जेन्जि आन्दोलन जागृत हुन गएको हो ।
४) प्रचण्डको प्रधानमन्त्रीत्व कार्यकालमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन हदसम्म नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने उच्चपदस्थ दलाल नेताहरु पुर्व उपप्रधान तथा गृहमन्त्रीलाई समेत जेल पठाउन सफल हुनुभयो ।त्यहि आन्दोलनलाई अझै चुष्ट बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएपछि गिरीवन्धु जग्गा काण्ड ,भुटानी शरणर्थी काण्डका नेताहरुक्मचारिीहरुको भ्रष्टाचारका फाईल खोल्ने भनेपछि जसरी देशका सबैभन्दा ठुला भन्ने पार्टीहरुले मिलेर सिण्डीकेटको सरकार बनायो हो , त्यहि दिन देखि जेन्जि पुष्ताले त्यो सरकार विरुद्ध उठाएका थिए सामाजिक सञ्जालबाट सुधारको आवाज तर भ्रष्टाचारीको फाईल खोलिनु पर्छ भन्नजे जनआवाज उठाउने जेन्जि आन्दोलनको मुल स्रोत सामाजिक सञ्जालनै दर्ता नगरेको आरोपमा बन्द गरिदिएपछि भड्किएको आन्दोलनले जुन परिणाम दियो २७ घण्टा भित्रै सत्ता परिवर्तन त्यो विश्वकै ईतिहासका दस्तावेज बन्यो तर त्यो दस्त्तावेज बन्नुमा काठमाडौंका मेयर बालेनलाई त मेन हिरोनै मानिएका छन् ,भने धरानका मेयर हर्क साम्पानलगायत मुख्यनै मानिनुहुन्छ भने त्यो विद्रोहको ईतिहास २७ घण्टा मात्र नभएर ३७ बर्ष देखिको हो ।
५) माओवादीको राज्यसत्ताको बेला पार्टीभित्र र सरकारमापनि समानुपातिक समावेसिय प्रतिनिधित्व गरिनुका साथै राज्यको सर्बोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा उत्पिडित दलित र जनजाति महिलाबाट उठाएर उदाहरण प्रस्तुत भएको थियो ।
बहुदलिय जनवादका प्रणेता मदन भण्डारी र सगठन विभागका प्रमुख जिवराज आश्रितको हत्यापछि संगठित नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले सार्वजनिक गर्नुभएको आफ्नो गाउँ आफैं बनाऔंको अभियान , समान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्धारा विदेशी पि.आर.धारी नेपालका प्रशासनमापनि उच्चपदस्थ पदमा हस्तक्षप गरिबसेकालाई निस्काशन जस्ता केहि उदाहरणीय कार्य हुँदै नभएको होईन ।
तर ………बहुसंङयक नेतृत्व वर्ग पार्टी भित्र र वाहिरबाटपनि रचनात्मक कार्यलाई कायान्वयन गरी अगाडी बढ्नु पर्नेमा उल्टै एकदम कम समयमानै कमाई खाने भाईरसहरुको बोलबाला बढ्दै गएपछि माओवादी आन्दोलनले जनतालाई भोज खान बोलाएर लप्ते मात्र विछ्र्रयाएको अनुभुति गरायो । तर अझैपनि जनताको अपेक्षा अनुरुप , जनआन्दोलनले उठाएको दस्तावेजलाई कार्यान्वयन गर्दै लाने प्रतिवद्धता सहित बर्तमान सरकारले भ्रष्टाचारी ,घुसखोरी ,कामचोरलाई हदैसम्मको सजायँ गर्ने ,आफुलेपनि गरेको छ भने आत्मआलोचना गरी आफुलाई कानुनी घेरामा ल्याउने र देशभित्रै रोजगारको सृजना गर्न जल ,जमिन ,जङगल ,जडिवुटी ,जनशक्तिलाई ब्यापक सदुपयोग गरी नयाँ कोणबाट समाजबादी आन्दोलनलाई उठाउने हो भने अझैपनि माओवादी जनआन्दोलनको उपादेयताले जरा फैलाउन सक्ने जनआवाज पाईन्छ ।
माओवादी जनयुद्धद्धारा स्थापित उपलब्धीहरु
माओवादीको अगुवाईमा भएको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुसलमान, वैदिक ,बौद्ध, क्रिश्चियन , पिछडा वर्ग, भूमिहीन उत्पीडित समुदायद्वारा आ–आफ्नो कोणबाट साथ दिएकै फलस्वरुप १०५ वर्षपछि संविधान निर्माण जस्तो महान ऐतिहासिक कार्य सम्पन्न हुन सकेको थियो ।
जसले हिन्दु खस ५ सरकार र बाहुनवादी ६ सरकारको एकल जातिय, भाषिक , धार्मिक संरचना ध्वस्त गर्दै १०२ जातजाति, १२२ भन्दा बढि भाषा–भाषी र बिबिध धर्मको साझा संघीय नेपाल निर्माणको मार्ग खुलेको थियो ।
यहाँ ब्राह्मणबाद भनिदा मात्र एकल खस पहाडी थरका बाहुनलाई मात्र सोच्ने गरेको पाईन्छ । बास्तवमा ब्राह्मणबाद भनेको साम्राज्यबादको घरेलु नाउँ हो भन्ने तथ्यलाई बुझ्नु पर्ने हुन्छ । अमेरिकी साम्रज्यबादनै ब्राह्मणबादको घरेलु नाउँ हो । हरेक जाति भित्रको वाहुनवाद भन्दा नेवार समाज भित्र स्यस्यःबाद अर्थात श्रेष्ठबादलाई लिन सकिन्छ , बहुसख्यक ज्यापु किसान , पोडे खड्गी ,कुश्ले समुदायमाथि श्रेष्ठहरुलें अनेक तरहबाट स्वषण गरी दवाउने कार्य भएको थियो भने थारु समुदाय भित्रै दारुखाने थारुलाई थारु खाने थारु गच्छादार ,चौधरीहरु बाटपनि दरवार प्रशासनको आडमा व्यापक स्वषण गरिदै आईरहेको थियो । त्यसैगरी किरात समुदायमा राईकरणको मार भन्ने पिडाले स्वजातिय लामो समयसम्म प्रताडित भईरह्यो । दरवारका लागि किपट उठाउन खडा गरिएको राई पदको दुरुपयोग गरी स्वजातिय स्वबासीलाई हुनसम्म स्वषण गर्ने ,जवर्जस्र्ती हिन्दुस्थानी राष्ट्रियताको पहिचान हिन्दुलाई धर्म मान्नैपर्ने गराएको थियो । तामाङ ,गुरुङ ,शेर्पा , मगरमा पनि लामाबाद अर्थात मरेको लासलाई स्वर्ग पुर्याईदिने नाउँमा लासलाई चार दिन सम्म ध्याङगा्रो थताएर घेवा गराउने र भएभरको सिरिखुरी दान गर्न लगाएर स्वषण गर्ने ब्राह्मणबादको अवशेष लामो समयसम्म स्वजातिय स्वधर्मीलाई स्वषण गरिरह्यो । ब्राह्मणबाद भनिएको साम्राज्यबादको घरेलु नाउँ हो भन्ने कुरा पिछडा वर्गमाथि मधिसे बाहुनको प्रताडना र दलित भित्रैपनि छुवाछुत तल्लो जात ,माथिल्लो जातको भेदले प्रमाणित गर्दछ । जुन भेदलाई दश वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनले हताउन बिद्रोह गरेकै हो । त्यो बिद्रोहमा माओबादी मात्र होईन ,काग्रेंस ,कम्युनिष्ट ,नेपाल मजदुर किसान पार्टीसम्म अन्य राजनितिक पार्टीका उत्पिडित नेता कार्यकर्ताको पनि एक्यवद्धता थियो ।
यस उसबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने माओबादी जनयुद्धले सबै जातिय समुदायमा रहेको ब्राह्मणबादी कुसंस्कारलाई हटाउन चेतनशिल बनायो भने तल्लो तहका जनसमुदायलाई जुरुक्कै उठायो ।
आन्दोलनकै धारमा उभिएर भएको उत्पिडित जनको एक्यबद्धताले जल, जमिन, जंगल, जडिबुटी, खनिजमा आदिवासीय अग्राधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले समेत आदिवासी आवाजलाई सम्बोधन गर्दै १३ सेप्टेम्बर २००७ मा महासन्धि पारित ग¥यो । पारित महासन्धीलाई ०६० फागुन १८ गते नेपालको संघीय परिषदले पनि अनुमोदन ग¥यो ।
फलस्वरूप देशमा जाति ,भाषा ,सास्कृतिक ऐतिहासिक पहिचान सहितको संघियता स्थापित गरायो भने गोपालकालदेखि शाहकालसम्मको १२७ वंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, हिन्दुस्थानी राष्ट्रिय पहिचान हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्षता,जातिय तथा धार्मिक, छुवाछुतजन्य विभेद अन्त्यको घोषणा गर्दै दोस्रो संविधानसभाले समानुपातिक समाबेसिय संविधान अति कष्टका वीच पारित गर्यो ।
संविधान जारी गर्दा केहि विदेशी दलाल नेताहरु र पुर्व पञ्चहरु बाहेक नेपाली काग्रेंस , एमाले , जनमोर्चा , मजदुर किसान पार्टी ,मधेसवादी , जातिबादी सबै सबै राजनितिक पार्टीहरुको ऐतिहासिक एक्यबद्धता रहेको थियो ।
यसका लागि १७ हजार नागरिकले शहादत प्राप्त गरे । लाखौं जनले अपाङ्गता र वेपत्ताको पीडा खेप्नुप¥यो ।
आन्दोलनको परिणाम आफ्नो भाषा, कला,संस्कृति र पहिचानलाई जसोतसो जीवन्त राख्दै बाँचिरहेका आदिवासी, दलित, पिछडा वर्ग भनौ वा आदीकालदेखि उत्पिडित अल्पसंख्यक यौनिक समुदाय , अपाङग , हरुवा ,चरुवा , कमैया , वादी ,झुमा , देउकी , उखडावर्ग , स्ववासी , भुमिहिन सुकुम्वासी लगायतकाको पिडालाई संबोधन गर्ने गरी एक सरो वर्गिकरणपनि भयो । व्यापक विचार विमर्श ,अन्र्तकृया पछि भएको पहिचानको वर्गिकरणले जहाँ जसलाई जहाँ नेर दुःखेको छ त्यहिबाट समस्या समाधान गर्दै लानुपर्छ भन्ने मुल लक्ष्यका साथ यसरी वर्गिकृत गरियो ।
(जसअनुसारः अदिबासी जनजातिमा )
लोपोन्मुख ः
राउटे,कुसुण्डा,सुरेल,हायु,.राजी,किसान,.लेप्चा मेचे,,कुशवाडिया अति सीमान्तकृत ः माझी, सिघार, शिङ्सा, थुदाम, धानुक,.चेपाङ, सतार (सन्थाल),. झागड, थामी, बोटे, दनुवार, बराम
सीमान्तकृत ः
सुनुवार, थारू, तामाङ,ुजेल, कुमाल,राजवंशी, गन्गाई,धिमाल, भोटे,दराई, ाजपुरिया, पहरी, तोप्केगोला ,डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, बालुङ
सुविधा बञ्चित ः
गुरूङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्बे, तीनगाउँले,बाह्रगाउँले,मार्फाली, शेर्पा, याक्खा,छन्त्याल,जिरेल, व्यासी,ह्योल्मो
उन्नत समूह ः नेवार,थकाली मा वर्गिकरण भयो ।
त्यसैगरी उत्पिडित पहाडी दलितमा ः
( १) कामी ( २) सार्की ( ३) गन्धर्व (४) दमाई ( ५) वादी
मधेसी दलितमा
१) खत्वे (मण्डल)ः, २) दुसाद,पासवान हजारा)ः ,चमार ः (राम, हरिजन) ,४.मुसहरः , ५. तत्माः ६.डोमः ७.मेस्तर (हलखोर)ः, ८.वातर (सरदार)ः,
९. कोरीः ,१०. खटिकः, ११ं पत्थरकट्टाः, १२. धोवीः , १३ ) सरभंग (सरवरिया)ः,१४.चिडीमारः १५.पासीः
(मधेसी पहिचानका जातजाति) मधेसी व्राम्ह्ण ः हलुवाई ,राजपुत,काायस्थ,झा, ।
पिछडा वर्गः यादव,तेली,वानीया,मल्लाह,कलवार,हजाम÷ठाकुर,कानु,सुडि,कुम्हार,.नुनिया,बाँतर,
वरइ,कहार,ंराजभार,लोढ,ं विण्ड,नराङ,भेडिहार, गडेरी,माली,धुनिया,मुण्डा,.
सोनार,जोगिया,.कुशवाडिया,केवट,सैनी,अमात,रौनियार,देव,केवरत ।
आप्रवासी जात थर ः
पञ्जावी,मुसलमान ,मारवाडी ,जैन, वंगाली ।
अल्पसंख्यक यौनिक समुदाय ः
तेस्रो लिङ्गी, द्विलिङ्गी, अन्तरलिङ्गी, समलिङ्गी महिला, समलिङ्गी पुरुष नाउँमा वर्गिकरण गरियो ।
यसरी लामो संघर्ष अन्र्तकृया पिडा छलछामलाई पन्छाउँदै प्राप्त मार्ग चित्र कार्यान्वयनको तहसम्म पुर्याएका थिए जनआन्दोलनले । तर कार्यान्वयनको ठाउँमा युवा जेन्जि आन्दोलनले उठाएको आवाजलाई दवाएपछि यो आन्दोलनले विद्रोहको स्वरुप लिएको हो । यदि यो आन्दोलनको मागलाईपनि डा. बाबुराम भटटराईले जस्तैगरी साथ सहयोग र भरोसा दिईएन भने ……….