आज :

आइसीसीसीले देशभर मल्टिडेस्टिनेशन फेयरको आयोजना गर्ने

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा आइसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ ।

इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला आईसीसीसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए ।

आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरहरुले बिद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव दिने आयोजकले जनाएको छ ।

शैक्षिक मेला आईसिसिसिको देशभरका पुतिलीसडक, कमलादी, चाबहिल, पोखरा, धनगडी, चितवन, झापा, इटहरी, बुटवल र बनेपामा एकसाथ लाग्ने आईसीसीसीका सिनियर काउन्स्लर अनुप शर्माले जानकारी दिए ।

सिनियर काउन्स्लर शर्माका अनुसार शैक्षिक मेला क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आयोजकको दाबी रहेको छ ।

प्रवन्ध निर्देशक खड्काका अनुसार यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिईनेछ मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आर्कषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal