आज :

रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय अभ्यासको दशौँ संस्करण हुँदै

  • अनलाइन डबली

काठमाडौँ, साउन २७ गते । रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास (आरपिमुन) को दशौँ संस्करण आयोजना हुने भएको छ । मंगलबार यहाँस्थित आयोजित पत्रकार सम्मेलनमा रिलायन्स नेटवर्कले यही साउन २९ गतेदेखि ३१ गतेसम्म आयोजना गर्न लागेको हो ।
यसपटक काठमाडौँ उपत्यका भित्रका १८ र रुपन्देही, चितवन, धनुषालगायतबाट २२ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी हुँदैछन् ।
सन् २०१५ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममा देशभरका १३ देखि १८ वर्ष उमेर समूहका दुईसय जना विद्यार्थीले भाग लिएर आआफ्ना कूटनीतिक क्षमता, नेतृत्व विकास र अनुसन्धान सीप अभिवृद्धिको अभ्यास गर्नेछन् । जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता, भ्रष्टाचार निवारण, दिगो विकास लक्ष्यमा आर्थिक–सामाजिक समावेशिताको भूमिका तथा सशस्त्र द्वन्द्व र शरणार्थी अधिकार संरक्षण विषयमा सात वटा फरक समिति गठन भएर छलफलबाट समस्या समाधानको अभ्यास गरिनेछ ।
उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वीर पराजुलीले विशेष सम्बोधन गर्नुहुनेछ ।
पत्रकार सम्मेलनमा आरपिमुनकी महासचिव प्राश्ना थपलियाले विद्यार्थीहरूका लागि यो ठूलो अवसर भएको बताउनुहुँदै भन्नुभयो, ‘धेरैलाई यसमा करियर हुन्छ भन्ने नै थाहा हुँदैन । यस्ता सम्मेलनहरूमा भाग लिँदै जाँदा आफ्नो भविष्य देखिन्छ र व्यक्तित्व विकासको ठुलो अवसर पाइन्छ, डेलिगेट भएर आएपछि जिम्मेवारी हुन्छ। त्यो निभाउनका लागि पुस्तक र कक्षाकोठाको ज्ञानले मात्रै पुग्दैन त्यसैले खोज्ने र सिक्ने बानीको विकास हुन्छ ।’
पत्रकार सम्मेलनमा रिलायन्स पब्लिकका प्रधानाध्यापक वसन्तलाल लामिछाने, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्र जंग थापाले अन्तर्राष्ट्रिय स्तरमा समेत रिलायन्सको सहभागिता पुगिसकेको उल्लेख गर्दै निकट भविष्यमा ती देशहरू बाट प्रतिनिधिहरू ल्याएर अन्तराष्टिय रुपमा कार्यक्रम गर्ने बताउनुभयो ।
सम्मेलन निर्देशक दिलिप नेपालले सहभागी विद्यार्थीहरुलाई विश्व भूराजनीति, समाज, भूगोल र अर्थतन्त्रबारे सैद्धान्तिक र व्यावहारिक सीप विकास गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यस्ता प्रतियोगिताहरूमा भाग लिएका विद्यार्थीहरु विदेशमा अध्ययन गरिरहेका र केही संयुक्त राष्ट्रसंंघमै कार्यरत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal