आज :

‘खरानी भइसकेको राजसंस्थाका हलिहरुले जुम्ला ताके, छिरिङले मुटुमा ढ्याङ्ग्रो ठोकिन्’

  • अनलाइन डबली

जुम्लाका कुनाकन्धरा, सडकहुँदै सदनसम्म राजतन्त्ररुपी भूतलाई तर्साउने छिरिङ लामा

काठमाडौं । जुम्लाबाट प्रतिनिधित्व गरिरहेकी सांसद छिरिङ ल्हामु लामालाई पछिल्लो समय सामाजिक सञ्जालबाट चरित्र हत्याको ओइरो लागेपछि एकजना युवाले लामाको पक्षमा मनछुने स्टाटस लेखेका छन् ।

रामेछाप स्थायी घर भएका सञ्जय श्रेष्ठले जुम्लाबाटै प्रतिनिधित्व गर्ने सांसद ज्ञानबहादुर शाहीतिर इंगित गर्दै स्टाटसमा लेख्छन्,“गणतन्त्र फालेर नेपालमा फेरि राजसंस्था पुनः स्थापना गर्न खटिएका हलीहरू र राजा बन्ने सपना देखेका सामन्ती कुलिन परिवार बारे तल्लो र मासिन्य जातका भनिएकी एकजना जुझारु युवतीले भेद खोल्ने र सतिसाल झै बाधक भएर उभिन खोज्दा सामन्ति अवशेषको मुटु हल्लिएको छ । झट्ट हेर्दा रूपवती आफ्नो कुरा प्रस्ट राख्ने छिरिङ सामान्तिको शासन हुन्थ्यो भने यिनी उनीहरुको मनोरञ्जनको साधन हुन्थिन ।”

राजसंस्थालाई ब्यूँताउने सपना देखेका राजावादीहरुले कर्णालीको पछौटेपनलाई आधार बनाएर जनताको मन भूट्न खोजेको तर, उनिहरुले २४० वर्षदेखि शाही शासनको ‘दमन चक्रले आँध्यारो कालकोठरीमा’ राखेको विषय चटक्कै भूलेकोसमेत श्रेष्ठले स्टाटसमार्फत स्मरण गराएका छन् ।

श्रेष्ठ लेख्छन्,“आफूले शासन गर्दा दमन गरेको, शिक्षा, स्वास्थ, रोजगारीबाट पूर्णरुपमा बञ्चित गराइएको हिमाली क्षेत्रमा यस्तो विलक्षण क्षमता बोकेकी एकजना छोरीले १३ पुस्तादेखि २४० वर्षसम्म शासन गरेकाहरूमाथि एक्लै भिड्ने ! त्यस्ता शासकहरूका कुटिल योजना चालमा पहिचान गर्न सक्ने ! खासमा यतिबेला पूर्वराज परिवार मात्र होइन, यिनलाई उचाल्ने, बोक्ने, काँध हाल्ने, तान्ने, धकेल्ने सबै छाँगाबाट खसेझैं भएका छन् । किनकि उनीहरूले १० वर्षे जनयुद्ध र गणतन्त्रको यो १५ वर्षे अवधिमा नागरिक यति चेतनशील भए भन्ने सोचेकै थिएनन् । र त उनीहरूको रोजाइ कर्णाली बन्यो ।”

राजसंस्था ब्यूँताउने अन्तिम अस्त्रकारुपमा प्रयोग भइरहेका हृदयन्द्र जो विदेशी स्कूल र विश्वविद्यालयमा पढेर विदेशी लवज, शान–शौकतमा शाही रवाफ विनम्र र ढोङको स्वाङ पार्दै पेस भएको स्टाटसमा उल्लेख छ,“हृदयन्द्रलाई लाग्दो हो, मेरो वंशको शासनकालमा मान्छेकोसमेत मान्यता नभएका यिनीहरू यति छिटै यति धेरै कसरी सक्षम भए ? मैले त्यत्रो सेवा सुविधासहित विश्वका सबैभन्दा अब्बल विश्वविद्यालयमा के पढे ? जुम्ला घुमेपछि उनलाई पक्कै मनमा यी दुई प्रश्न आयो होला ।”

२४० वर्षसम्म दमनमा राखेको कर्णालीको गर्व र सम्मानलाई पाइतलामा दबाएको र पुनः विनम्रताको पाखण्ड र ढोङ रचिरहेको हृदयन्द्ररुपी ‘मन्द विष’लाई छिरिङले तत्काल प्रतिवाद गर्दा उनिमाथि अनेक गालिगलौजमा उत्रेको श्रेष्ठको आरोप छ । श्रेष्ठ लेख्छन्,“चिहानघारीमा सडिसकेको सामन्ति अवशेषका हलिहरुले छिरिङप्रति गरिएको भद्दा टिप्पणी हेर्दा थाहा हुन्छ यिनीहरूको मुटुमा कति स्पिडमा ढ्याङ्ग्रो बजेको छ ।” “हृदयन्द्र नेपालमा राजसंस्था फर्काउन प्रयोग गरिने अहिलेका लागि अन्तिम पात्र हुन्, जुन सपना सपनामै रहने पक्का छ ।”

जुम्ली जनतालाई झुक्याएर राजतन्त्र फर्काउने उग्र हलिकारुपमा जुम्लाबाटै ज्ञानबहादुर शाही उदाइरहेको बेला जुम्लामै छिरिङले उनिहरुलाई तमाचा दिएपछि सामन्तहरु अत्तालिएर तथानाम गालिमा उत्रेको श्रेष्ठको ठम्याई छ । “उनिहरुको अभियानको बाधक जो देख्छन्,त्यसलाई निर्मम गाली गर्छन् । त्यसैको उपच हो छिरिङलाई गाली गर्दा प्रयोग गरिने शब्द, शरणार्थी, बुद्दी नभकी, सांसद किनेकि, आदि इत्यादि । त्यसमा पनि उनी माओवादी परिन् अरू के चाहियो । कुरो त के भने राजसंस्था आइहाल्यो भने आफू राजाको खुट्टामा दाम चढाएर, निधार ठोक्काएर मन्त्री भइन्छ कि भन्ने आश राखेकाहरू बढी गाली गलौचमा उत्रिन्छन् ।”

यस्तो छ पुरा स्टाटस

“शाही शासनले दमन गरेको गणतन्त्रले समेत हेपेको कर्णाली प्रदेशको जुम्लामा जन्मिएकी छिरिङ ल्हामु लामा । उनीले गणतन्त्र आएपछि हो पूर्ण अधिकार सहित मानव हुँ भनेर गर्वले आफ्नो कुरा भन्न सकेको ।
नत्र हिजोका शाही शासनकालमा त उनीहरूलाई सामान्य गल्ती भए सिधै मार्दिने । जात अनुसार अपराधको वर्गीकरण गरिएको त्यो समाजमा छिरिङको सिंगो समुदाय मासिन्या जात हुन् अर्थात् अरूले त्यही गल्ती गर्दा बाँच्ने अधिकार पाउँथे तर उनको समुदायका सदस्य मारिन्थे ।

गणतन्त्र फालेर नेपालमा फेरि राजसंस्था पुनः स्थापना गर्न खटिएका हलीहरू र राजा बन्ने सपना देखेका सामन्ती कुलिन परिवारका तल्लो र मासिन्य जातका भनिएका एउटा केटीले भेद खोल्ने र सतिसाल झै बाधक भएर उभिन खोज्दा मुटु हल्लिएको छ । झट्ट हेर्दा रूपवती आफ्नो कुरा प्रस्ट रूपमा राख्ने यीनी सामान्तिको शासन हुन्थ्यो भने यिनी उनी मनोरञ्जनका साधन हुन्थिन ।

छिरिङले विदेशी विश्वविद्यालयमा पढेनन् । नेपालमै पनि आफूले चाहेजस्तो पढ्ने वातावरण पाएनन्न। सामान्य परिवार हिमालमा जन्मिएर हिमालकै चिसो हावापानीमा हुर्किइन् । हिमाली पाखा, पखेरा र टाकुरासँग मित लगाउँदै घास दाउरा गर्दै भेडा र गाई पालेको अनुभव मात्र होइन देशको राजनीतिलाई नजीकबाट बुझेका छन् । राजनीतिकको कुटिल चाल बुझ्ने र आफ्नो जन्मभूमिलाई हेर्दा देउताजस्ता देखिने तर भित्रबाट राक्षस मन भएकाहरूलाई चिन्ने मात्र होइन उनीहरूको गोप्य योजनासमेत थाहा पाउने क्षमता छ ।

समानुपातिक सांसद प्रत्यक्ष निर्वाचितभन्दा धेरै जनताको चासो बोकेर हिड्ने। सडक, कृषि, प्रविधि, शिक्षा लगायतको विषयमा निरन्तर सिंहदरबारमा धाउने र योजना बोकेर गाउँ जाने । युट्युवलाई अन्तर्वार्ता दिनुभन्दा बढी चासो जनताको समस्या समाधानमा लगाउने ।

आफूले शासन गर्दा दमन गरेको, शिक्षा, स्वास्थ, रोजगारीबाट पूर्णरुपमा वञ्चित गराइएको हिमाली क्षेत्रमा यस्तो विलक्षण क्षमता बोकेकी एउटा छोरीले १३ पुस्तादेखि २४० वर्षसम्म शासन गरेकाहरू माथि एक्लै भिड्ने ! त्यस्ता शासकहरूका कुटिल योजना चलामा पहिचान गर्न सक्ने ! खासमा यतिबेला पूर्वराज परिवार मात्र होइन, यिनलाई उचाल्ने, बोक्ने, काँध हाल्ने, तान्ने, धकेल्ने सबै झागाबाट खसेझैं भएको छ । किनकि उनीहरूले गणतन्त्रको यो १५ वर्षे अवधिमा नागरिक यति चेतनशील भए भन्ने सोचेकै थिएन । र त उनीहरूको रोजाइ कर्णाली भयो।

छिरिङप्रति गरिएको भद्दा टिप्पणी हेर्दा थाहा हुन्छ यिनीहरूको मुटुमा कति स्पिडमा ढ्याङ्ग्रो बजेको छ । हृदयन्द्रलाई लाग्दो हो, मेरो वंशको शासनकालमा मान्छेको समेत मान्यता नभएका यिनीहरू यति छिटै यति धेरै कसरी सक्षम भए ? मैले त्यत्रो सेवा सुविधासहित विश्वका सबैभन्दा अब्बल विश्वविद्यालयमा के पढे ? जुम्ला घुमेपछि उनलाई पक्कै मनमा यी दुई प्रश्न आयो होला ।

हृदयन्द्र नेपालमा राजसंस्था फर्काउन प्रयोग गरिने अहिलेका लागि अन्तिम पात्र हुन् । उनलाई जिउँदो बाउ र बाजेभन्दा बढी मरेका जिज्युबाजेहरूसँग तुलना गर्छन् ताकि जनताको ध्यान खिच्न सकियोस् । उनीहरूले राजसंस्था फर्काउने अभियानमा देशी विदेशी शक्ति मात्र होइन देवी–देउता, भूतप्रेत सबै गुहारेका छन् ।

अभियानको बाधक जो देख्छन् त्यसलाई निर्मम गाली गर्छन् । त्यसैको उपच हो छिरिङलाई गाली गर्दा प्रयोग गरिने शब्द, शरणार्थी, बुद्दी नभकी, सांसद किनेकि, आदि इत्यादि । त्यसमा पनि उनी माओवादी परिन् अरू के चाहियो । कुरो त के भने राजसंस्था आइहाल्यो भने आफू राजाको खुट्टामा दाम चढाएर, निधार ठोक्काएर मन्त्री भइन्छ कि भन्ने आस राखेकाहरू बढी गाली गलौचमा उत्रिन्छन्।

भौगोलिक रूपमा विकट, न्यून चेतना, राष्ट्रिय भाषामा समेत राम्रो बोल्न नजान्ने वर्गका छोरी मान्छे, शब्दमा आगो ओकल्ने, हिम्मतवाली, अरूको चालमा उसको योजना थाहा पाउने क्षमता भएकी उनी खासमा गणतन्त्र उच्चतम उदाहरण हुन्। आफ्नो छोरीलाई यस्तै बनाउन चाहनेहरू नै उनलाई बढी गाली गर्छन् । उनीहरूले आफ्नो छोरी यस्तो बन्न नसकेको पीडा छिरिङलाई गाली गरेर पोख्छन् । यो गणतन्त्र हो, सबैलाई आफ्नो क्षमता विकास गर्ने र देखाउने छुट छ ।
हाम्रो गणतन्त्र यस्तै हजारौं छोरीहरू जन्माउन चाहान्छ । जन्माइरहेको पनि छ । तर, हिजोका सामन्तिका अवशेषहरू आफुभन्दा अरू जान्ने, मान्ने भएको सहन्न।भए नभएको आरोप लगाएर मानसिक यातना दिइन्छ । यो हाम्रो समाजको पुरानो रोग हो, जो आज पर्यन्त छ । तिम्रो छोरीलाई छिरिङ जस्तै अब्बल, योग्य र सक्षम बनाउने भए उसलाई पनि पूर्णरुपमा फक्रन देउ। अगाडि बढ्न प्रेरणा देउ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal