
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार दर दोब्बरले बढाएर २० प्रतिशत पुर्याएको छ।
सरकारले दुई प्रतिशतको विलासिता कर हटाए पनि ०.५ प्रतिशत सिप अभिवृद्धि महशुल लगाएको छ। यही कारण पनि सूनको भाउ उच्चले बढेको हो।
चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।


अनलाइन डबली

