आज :

जनक परियारले मागे माफीः धार्मीक अस्थामाथि प्रहार हैन, दलितको पीडा हो

  • अनलाइन डबली

काठमाडौं । दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । २०८३ जेठ १४ गते संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् ।

‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने,“मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको अभिव्यक्ति हो, निश्चित धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन ।”

तर सांसद ज्ञानेन्द्र शाहीले सो विषयलाई अनावश्यक उचालेको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने माग गरेका छन् । उनले भनेका छन्,“श्रीकृष्ण विक दलित भएकै कारण उनको न्याको लागि नबोल्ने तर सोही विषयमा बोल्दा मलाई कारबाहीको माग गर्ने ?”

कथित उच र निच जातियक्रमको जाँतोबाट अत्याधिक दलित समुदाय पिसिएको जिकिर गर्दै जनकले भने,“आजको २१औं सताब्धिमा पनि नेपाली समुदायमा हिन्दू पण्डितहरुले खिचेको सोचले हामीहरुको जीवन कष्टकर बनेको सत्य हो, तर कसैको धार्मीक आस्थामाथि पुगेको चोटप्रति दुःखी छु ।”

परियारले दलित समुदायलाई आहिले पनि गाउँघरका दुरदराजमा धार्मीक हिसाबले पनि अछुत बनाइने प्रक्रिया पुनः बढेको बताउँदै भनेका थिए,“मठमन्दिरमा दलितलाई निशेध छ, ढुंगालाई पूज्ने दलितलाई थुक्ने यो व्यवहार कहिलेसम्म सहने, ढुङ्गाको अगाडि दलितको मूल्य छैन भने आगो लगाए हुन्छ ।” ‘सो अभिव्यक्तिको लक्ष्य धार्मीक आस्थामा खलल पुर्याउने नभएर दलितको अन्यायको आधार मठमन्दिर हुनुहुँदैन भन्ने हो’ भन्दै स्पष्टिकरण दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal