आज :

सुमेरु बचत तथा ऋण सहकारी लिमिटेड: संगठित ठगी र भ्रमको खेती

  • सुनिल स्थापित

सुमेरु सहकारीसँग यदि कोही आवध छैनन् र बजारमा हल्ला मात्रै सुनेका छन् भने उनिहरूको बुझाईमा फरार अभियुक्त भरत मर्हजनले ३५,००० पीडित बचतकताहरूको १५ अर्ब भन्दाबढी रकम अपचलन गरि बेलायतमा भागेर स–परिवारसँगै बसेका छन् भन्ने समाचार सुनेका छन् । पीडित बचतकर्ताहरूको उजुरीका आधारमा १९ माघ २०८० मा इन्टरपोलले ’रेड नोटिस’ जारी गरेका थिए। सरकारी सूत्रकाअनुसार अभियुक्त भरत मर्हजन आफ्नो स–परिवारसहित बेलायतमा बसोबास गरिरहेका छन्।

यस बाहेक कतिले पूर्व राजाका ज्वाई राजबहादुर सिंहले सुमेरुको नेतृत्व लिएर सञ्चालन गरेर पीडित बचतकर्तहरुका रकम फिर्ता गर्छन् भन्ने अर्को हल्ला जुन वर्तमान सञ्चालक र उनका आसेपासेहरुले बजारमा भ्रम सिर्जना मात्र गरेका थिए । यर्थाथमा सिंह २०८१ भदौ ३१ गते माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा गठन भएका सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, २०८१ को प्रतिवेदनमा सुमेरुमा हिसाबकिताब गढबढ देखिएका कारण सिंह शेयर होल्डरका रूपमा मात्र सुमेरुमा आवद्द हुने कुरा उल्लेख गरेका छन् ।

यस ग्रान्ड डिजाईन संगठित ठगी प्रकरणमा फरार अभियुक्तहरू भरत मर्हजन र उनका परिवार मात्रै हैनन्, त्यसपछि आएका सञ्चालकहरू र उनिहरूका आसेपासेहरूले पनि बचतकर्ताहरूको १५ अर्बभन्दा बढी सम्पत्ति हत्याउन संगठित तथा योजनावद्ध रूपमा लुछाचुँडी गरे ।
सुमेरुका सञ्चालकहरूले ४ साउन २०५६ स्थापना कालदेखि अहिलेसम्म हेर्दा सहकारी ऐन २०७४ को धज्जी उडाउँदै अन्धाधून्ध तरिकाले सुमेरु ग्रुपका अरु निजी संस्थाहरू सातदोबाटोमा सुमेरू मार्ट, शंखरापुर कलेज, एशियन कलेज र पुल्चोक स्थीत सुमेरु सीटी अस्पतालमा सहकारीको स्रोत दुरुपयोग गर्दै गएका थिए । सहकारीको बचत रकम दुरुपयोग गरि सञ्चालकहरुले १८ प्राईभेट कम्पनीमा लगानी भएको बचतकर्ताहरूको दाबी छ ।

अभियुक्त भरत मर्हजन बेलायत पलायन भएपछि सुमेरुमा थप धेरै अपराधिक कार्य हुने निरन्तरता बढ्दै नै गए । ९ पुष २०७९ देखि एक महिनाको अन्तरालमा आपसी मिलोमतोमा पूर्वसञ्चालक धनेन्द्र कट्टेलले सिद्धार्थ बैंकको एउटा ‘ब्ल्यांक चेक’ धितो राखेर ४० करोड कर्जा लिए । त्यसको एक महिनापछि पुर्व म्यानेजर अनोज पौडेल र ऋण कमचारी सुदिप मल्लले बिना धितो १५ करोड एक आपसको मिलोमतोमा कर्जा लिए । यो आपसी मिलोमतोमा पिडित बचतकर्ताहरूको सम्पत्ति हत्याउन गरेका संगठित अपराध देखिन्छ ।

९ पुष २०७९ मा ४० करोड रुपैयाँ आफ्नो हातमा पारेपछि चैत २०७९ मा संस्थाबाट राजिनामा दिएको र जेठ २०८० मा विशेष साधारणसभामार्फत पुरानै सञ्चालक समितिलाई जिम्मेवारी दिएको धनेन्द्र कँडेलको भनाई छ । भरत मर्हजनले २०७६ मा अध्यक्ष पदबाट राजिनाम दिएता पनि २०७९ पौष २२ गते भएको संञ्चालक समितीको बैठकमा अभियुक्त भरत मर्हजन सुमेरु ग्रूपका अध्यक्षको हसियतमा उपस्थित थिए । सौ बैठक अध्यक्ष हेमराज दाहालको अध्यक्षतमा सम्पन्न भएका थिए । सो बैठकमा सहकारी ऐन २०७४ मा उल्लेख गरेअनुसार सहकारी संस्थाको स्रोत सहकारी सेयर सदस्य बाहेक अरुलाई कर्जा लगानी गर्न पाइँदैन र कुनै पनि नाफामूलक संस्थामा सहकारीले कर्जा लगानी गर्ने रोक लगाएको ऐनलाई उल्लघन गरी ३ अर्ब ३९ करोड रकम अपचलन गरे।

भरत मर्हजनकै नेतृत्वमा सहकारीको सम्पूर्ण स्रोत मर्हजनसहित सुमेरुमा विगतदेखि नै हालिमुहाली गर्दै आएका हेमराज दाहाल, विनोद आचार्य, विकास महर्जन, सुनिल डंगोल, दिलिप कुमार डंगोल, रमेश मर्हजन र स्वछन्द मानन्धर सेयरधनी रहेका विभिन्न कम्पनीमा सहकारीको स्रोत दुरुपयोग हुँदै आएको थियो ।

विगत २ वर्ष देखि पिडित बचतकर्ताहरूको एक रूपैयाँ पनि फिर्ता नपाए पछि बचतकर्ताहरूको कयौ उजुरी पछि, प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (२) वमोजिम बाग्मती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८१/०९/२८ गतेको मन्त्रीस्तरीय निर्णयबाट सुमेरुलाई समस्याग्रस्त सहकारी घोषणा गरेका थिए । सञ्चालकहरूको हात बाधिने र थप अपचलन गर्ने नसकिने देखिएपछि, वर्तमान सञ्चालक वीरेन्द्र मर्हजनका र पर्दाभित्र बसिरहेकाले माघ २१, २०८१ मा सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी गरि पाऊँ भनि मुद्दा हाले । सञ्चालकहरूले सरकारको निर्णयविरुद्ध १३ जना भन्दाबढी वरिष्ठ अधिवक्ताहरू पीडित बचतकर्ताहरूकै पैसाको आडमा खडा गरेर लडे ।

वर्तमान सञ्चालक वीरेन्द्र मर्हजनको भनाईअनुसार उनिहरूले सुमेरु चलाउन खोज्दा पनि नेपाल सरकारले समस्याग्रस्त घोषित गरे। यदि मर्हजनको समितिले काम गरेका भए, पीडित बचतकर्ताहरू जाहिरीवालाका रूपमा सञ्चालकहरुसँग किन भिडन्त ग र्ने पर्थाै ? यो त सबैले वर्तमान सञ्चालक वीरेन्द्र मर्हजनले पीडित बचतकर्ताहरूको रकम फिर्ता नगरेकै कारण महर्जन अध्यक्ष भएदेखि पीडित बचतकर्ताहरूले संयुक्त रूपमा माननीय अर्थमन्त्री, केन्द्रिय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी इन्टरपोल शाखा र नेपाल राष्ट्र बैकमा मङ्सिर २०८१ मा उजुरी गरेका थिए, बुझ्ने कुरा हो । १५ वटा भन्दा बेसीे पेशीपछि अन्त्यमा २६ जेठ २०८२ मा सर्वोच्च अदालतमा सत्यको अर्थात पीडित बचतकर्ताहरूको जित भयो ।

यता बैंकले सुमेरुका सञ्चालकहरूले सुमेरु ग्रूपका संस्थाका घर–जग्गाहरू राखेर लिएका कर्जा तिर्न आएनन् भनेर ताकेता गरेका छन् भने, अर्कातिर सुमेरु ग्रुप अन्तर्गतका सुमेरु एग्रो फार्मिङ्ग प्रा.लि को रजिस्ट्रार कार्यलयमा नाम परिवर्तन गरि अनमोदस्सी बुद्ध प्रा. लि बनाई दिएका छन् । यो गर्नुको तात्पर्य के हो ? यी बाहेक समस्याग्रस्त भए पस्चात पनि सञ्चालकहरुले सुमेरु मार्ट, धापाखेल स्थीत सुमेरु अस्पताल, एशियन कलेज र शंकरापुर एकेडेमीबाट दिनहुँ १७ लाख भन्दाबढी रकम उठाएर खाईरहेका छन् भन्ने बचतकर्ताहरूको गुनाशो छन् ।

‘जो जोगी आए कानै चिरिएका’ भने झैं सञ्चालकहरूले संगठित रूपमा ठगी गरेका देखिन्छन् । यो संगठित अपराधिक कार्यलाई नेपाल सरकाले अन्देखा नगरी, यथासिघ्र दोषीहरुलाई निस्पक्ष अनुसन्धान कारवाही गरी यिनिहरूको सबै सम्पत्ती जफत गरेर पीडित बचतकर्ताहरुको पैसा फिर्ता पाउँ भन्ने आजको दिनमा सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका पिडित बचतकर्ताहरूको माग हो ।

  • स्थापित सुमेरुका बचतकर्ता र वित्तिय अपराध अनुसन्धानकर्ता हुन् । 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal