आज :

एसईईको नतिजा असार तेस्रो हप्ता सार्वजनिक हुने

  • अनलाइन डबली

काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही ढिला आउने भएको छ ।

यसअघि असार पहिलो हप्ताभित्र आइसक्नुपर्ने हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

शिक्षक आन्दोनका कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिक दुई हप्तापछि धकेलिएको हो ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal