आज :

हुम्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाः बजेट १३ करोड, खर्च १० करोड ६९ लाख

  • कर्णबहादुर रोकाया

सिमकाेट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको परियोजना  कार्यान्वयन ईकाइ स्याउ जोन कार्यालय हुम्लाले स्थापनाको पाँच वर्षमा हुम्लामा १० करोड ६९ लाख ९६ हजार रकम खर्च गरेको छ ।

पाँच आवको कुल १२ करोड ७९ लाख ६३ हजार बजेट उक्त परियोजनाका लागि उपलब्ध भएको थियो । उक्त कार्यालयले असारको अन्तिम साता आ.व. २०७६/०७७ देखि आ.व. २०८०/०८१ सम्मको पाँच आवको लेखाजोखाका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

संघीयतापछि सम्भवत हुम्लाका सरकारी कार्यालयले एकै पटक पाँच आवको बजेट खर्चको जानकारी सार्वजनिक सुनुवाईबाट गरेको पहिलो मान्न सकिन्छ । २०८१ साल असार २१ गतेका दिनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

यो कार्यलयले सिमकोट, नाम्खा र सर्केगाड गापामा आफ्नो कार्यक्रम लागु गरेको छ । यसमा विशेष गरी स्याउ, ओखर, आलु र भेडाबाख्रा पालन रहेको छ ।

आव २०७६/०७७ मा १ करोड ६७ लाख ४१ हजारमध्ये ९५ लाख ९ हजार खर्च भएको छ । यो कुल  बजेटको ५८.२० प्रतिशत हो । यस्तै आव २०७७/०७८ मा २ करोड २ लाख २८ हजारमा १ करोड ७६ लाख २ हजार खर्च भएको छ । यो ८६.९३ प्रतिशत हो ।

यसै गरी आव २०७८/०७९ मा २ करोड ६९ लाख २९ हजारमध्ये २ करोड २६ लाख ६ हजार खर्च भएको छ । यो ८४.१५ प्रतिशत हो । त्यस्तै आव २०७९/०८०मा ३ करोड ३१ लाख ५२ हजारमध्ये २ करोड ७३ लाख  खर्च भएको छ । यो ८३.४५ प्रतिशत हो ।

यो आर्थिक वर्ष २०८०/०८१मा ३ करोड ३१ लख २३ हजारमध्ये २ करोड ९८ लाख ३६ हजार खर्च भएको छ । यो ९३.८३ प्रतिशत हो । प्रत्येक आर्थिक वर्षमा सरदर ६७.१६ प्रतिशत रकम खर्च भएको देखिन्छ ।

यसरी यो कार्यालय स्थापना भएकोदेखि हालसम्म १२ करोड ७९ लाख ६३ हजार रकम प्राप्त भए पनि १० करोड ६९ लाख ९६ हजार खर्च भएको जानकारी निमित्त कार्यालय प्रमुख लक्ष्मीअधिकारीबाट प्राप्त भएको छ ।

यो कार्यक्रमाबाट हुम्ला जिल्लाको भूगोल अुनसार स्याउ र ओखर जस्ता पतझड फलफुलको बारेमा विकास विस्तार र प्रबद्र्धन गर्न गराउनका केही मात्रामा राम्रा प्रायस भए हुने गरेको छ तर पनि नेपाली शासन सत्तामा क्यान्सरको रुपमा मौलाएको भनसुन मनसुनको रोगले अझै गर्ने गराउने किसान ओझेल पर्ने र फरियावादीहरु मौलाउने कुराबाट यो कार्यक्रम अछुतो छैन ।

यस्तै क्षेत्रगत रुपमा भेडाबाख्रा पालनलाई पनि प्राथमिकताका साथ उक्त कार्यक्रमले केही मात्रामा भए पनि समेट्ने सक्दो प्रयास पनि गरेको छ ।

यो कार्यक्रम लागु भएको पाँच वर्ष पुरा भएर छैटौं वर्षमा लागेकाले अब यसको लेखाजोखा गर्ने गराउने समय आएको छ । कस्तो नीति र विधिले कार्यक्रम सञ्चालन भएको छ । यसको नतिजा कस्तो छ । परिणाम त हेर्न बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal