काठमाडौँ । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएको घोषणा गरेका छन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा लामो समयदेखि एमालेमा आवद्ध उनिहरुले एमाले अध्यक्ष केपी शर्मा ओली स्वेच्छाचारी, निरङ्कुश र तानाशाही बनेको आरोप लगाएका छन् ।
सामुहिक राजिनामा गरेका सबै नेता कार्यकर्ताहरु हालै पार्टीबाट निकालिएका डा. भीम रावलले नेतृत्व गर्ने पार्टीमा समाहित भएको घोषणा पनि गरेका छन् ।
उनीहरुले आफूहरु विज्ञप्ति जारी गरेर रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गर्ने बताएका छन् । यसले सुदूरपश्चिममा एमालेलाई झट्का लाग्ने बताइएको छ ।