काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित दुई दिने प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा संचालन भएको खेल प्रतियोगिता काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल, इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, एन आर एन उपाध्यक्ष रोजिना प्रधान राई लगायतले बिजयी खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नु भयो ।
उक्त अवसरमा बोल्दै उपमेयर डंगोलले काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित यस प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु हंदुैयस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक तथा सहभागी खेलाडीहरुलाई बधाई दिनुभयो । साथै कार्यक्रममा बोल्दै उहाँले आगामी दिनहरुमा पनि एकायन करातेलाई आफु तथा महानगरपालिकाका तर्फ बाट अझ बढी सहयोग गर्ने शुभेच्छा व्यक्त गर्नु भयो ।
यसै गरि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामीले नेपालमा सिर्जितएकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्न समितिका तर्फ बात आफुले सक्दो सहयोगन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समापन समारोहका अवसरमा कार्यक्रम संयोजक तथा नेपाल एकायन कराते संघका सल्लाहकार एवं साउथ एसियन एकायन करातेफेडरेसेनका प्रथम उपाध्यक्ष शशी कपालीले संघका आगामी प्रतियोगिता तथा कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भयो ।
प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका र १ सय ९४ खेलाडीको सहभागिता रहेका थिए ।


बुद्धशरण शाही








