आज :

आइसीसी टी–२० महिला विश्वकप: अष्ट्रेलियाको अपराजित यात्रा कायमै, भारत र श्रीलंका भिड्दै

  • अनलाइन डबली

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्रेलियाले अपराजित यात्रा कायमै राखेको छ ।

पछिल्लो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १९.२ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिन पुग्यो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलिसा हिलीले २६ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३,००० रन पूरा गरिन् । बेथ मुनिले ४० रनको योगदान दिइन् भने एलिसे पेरीले ३० रन जोडिन् । न्युजिल्यान्डका लागि अमेलिया केरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्, उनले २६ रन मात्र खर्चिइन् ।

जवाफमा न्युजिल्यान्डको सुरुवात कमजोर रह्यो। ओपनर जर्जिया प्लिमरलाई १४ बलमा नै आउट गर्दै अस्ट्रेलियाकी मेगन शुटले उत्कृष्ट सुरुवात गरिन् । उनले मात्र ३ ओभरमा ३ विकेट लिएर न्युजिल्यान्डको पारीलाई ध्वस्त पारिदिइन् । अमेलिया केरले २९ रन जोड्दै केही सम्हाल्ने प्रयास गरे पनि न्युजिल्यान्डको पारी ८८ रनमै सिमित भयो ।

अस्ट्रेलियाका लागि एनाबेल सुटरल्याण्डले पनि ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । यस जितसँगै अस्ट्रेलिया समूह ’ए’ को एक मात्र अपराजित टोली बनेको छ । महिला विश्वकप अन्तर्गत आज २ वटा खेल हुने भएका छन् ।

नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे स्कटल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । आजै राति पौने ८ बजे भारत र श्रीलंका आमने सामने हुने छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal