आज : २०८२ बैशाख, १७

प्रभु बैंक र होटल मानकी इन्टरनेशनलबीच आकर्षक छुट गर्ने सम्झौता

  • अनलाइन डबली
  • २०७९ भाद्र २४ गते   बिहान ०७:५८ बजे

काठमाडौँ । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनल प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनलका तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मानकी इन्टरनेशनल प्रा. लि. द्वारा सञ्चालित ‘फुड’ र ‘लजिङ्ग’ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनल प्रा. लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal