
काठमाडौँ ।
पाँचौं राष्ट्रिय एकायन कराते प्रतियोगिता २०८१, सम्पन्न भएको सम्पन्न भएको छ । नेपाल एकायन कराते संघ को आयोजनामा बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ मा आज सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधि सभा सदस्य माननिय गणेश पराजुलीको प्रमख आतिथ्यता रहेको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा अतिथि दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु निरोज कर्माचार्य, विरकृष्ण श्रेष्ठ, धर्मदेव महर्जन, जापान गोजुरियो कराते डो संघका अध्यक्ष विदुर कुँवर समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार एवं दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपालीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो प्रतियोगितामा विभिन्न विद्याल तथा प्रशिक्षण केन्द्रका १५० जना महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा महिला तर्फ पाँच तथा पुरुष तर्फ ८ गरी जम्मा १३ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । उपरोक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा सन्जिता तामाङ्गले स्वर्ण, समिक्षा तामाङ्गले कास्य र अपेक्षा परियारले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अस्मिता गुरुङ्गले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा कृपा खड्काले स्वर्ण पदक, साहना भुजेलले कास्य पदक र विपना घिसिङ्गले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० के.जी. मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र अन्जना तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भईन् भने खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र अस्मिता तामाङ्गले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने सिता तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।
यसैगरि पुरुषतर्फ २५ के.जी मुनि तौल समूहमा रिदम अधिकारी प्रथम, फुर्वा शेर्पा दोस्रो तथा सन्देश लुङेली मगर तेस्रो भए । ३० के.जी मुनि तौल समूहमा मिसन लिम्बुले स्वर्ण, अरुण लामाले कास्य र लविन कार्कीले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा निरज बोहराले प्रथम, प्रमिस गुरुङ्गले द्वितीय र नरेश राउटले तृतिय स्थान हासिल गरे, त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा निश्चल तामाङ्गले स्वर्ण पदक, गणेश विष्टले कास्य पदक र एसहाङ इङनामले रजत पदक प्राप्त गर्न सफल भए । ४५ के.जी. मुनि तौल समूहमा सुजन तामाङ्गले स्वर्ण पदक, सुवाश शाहीले कास्य पदक र जोन राईले रजत पदक प्राप्त गर्न सफल भए । ५० के.जी. मुनि तौल समूहमा असिम नेवाले स्वर्ण पदक, अजय कार्कीले कास्य पदक र पवन तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ५५ के.जी. मुनि तौल समूहमा सुवाश नेपालीले स्वर्ण पदक, विराज जर्गामगरले कास्य पदक र हेमन्त बस्नेतले रजत पदक प्राप्त गर्न सफल भए । खुल्ला तौल समूहतर्फ मनिष राई र हेमन्त शाक्यले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अविशेक तामाङ्गले तृतिय स्थान हात पार्न सफल भए ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं. ७ (१) का माननिय वसन्त मानन्धर, विशेष अतिथि इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर तथा श्रीमती गंगादेवी मानन्धर लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, शम्शेर लामा, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राम तामाङ्ग, राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, उर्मिला विश्वकर्मा, आशिष घिमिरे, श्रीराम राना, राजेश श्रेष्ठ, निर्जला श्रेष्ठ र उज्ज्वल विष्ट रहेका थिए ।
।