आज :

नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र तेस्रोमा झरे

  • अनलाइन डबली

काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।

नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी–२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।

हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।

दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।

दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal