आज :

परम्परागत चित्रकला माथि विमर्श

  • अनलाइन डबली

काठमाडौं । परम्परागत कला पौभा र थाङ्का चित्रकलाबारे विमर्श कार्यक्रम गरिएको छ । सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठाको परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत चित्रकलाको सिर्जना र व्यवसायको पक्षमा रहेर विमर्श गरिएको हो ।

‘परम्परागत कलाको आयाम’ शीर्षकमा गरिएको विमर्शमा वक्ताको रुपमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, पौभा कलाकार तथा लेखक उजय बज्राचार्य, पौभा चित्रकला व्यवसायी सुनिल शाक्य र थाङ्का चित्रकला व्यवसायी अनिल घिसिङ थिए । विमर्श कार्यक्रमको सहजीकरण पत्रकार सुशीला तामाङले गरेकी थिइन् ।

कलाकार बज्राचार्यले कला सिर्जनामा अहिले सुखद रहेको बताए । उनका अनुसार प्रविधि र आधुनिक फ्युजनको हकमा भने सिर्जनामा केही चुनौतीको सम्भावना छ । यसमा सम्पुर्ण कलाकारहरुले मौलिकताको पक्षमा ध्यान दिन रहेको उनले औंल्याए । त्यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख लामाले पौभा र थाङ्का कला विकासका लागि प्रतिष्ठानले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताए ।

उनले भने, ‘पौभा, थाङ्का जस्ता परम्परागत कलाको विकास र विस्तारका लागि हामीले कलाकार, व्यवसायी सबैलाई समेट्ने प्रयास गरिरहेका छौँ । परम्परागत कलाको सिर्जना र व्यवसायिक पाटो दुवै राम्रो होस् भन्ने हाम्रो मनोसाय हो ।’ व्यवसायीहरु शाक्य र घिसिङले परम्परागत चित्रकलाको बजार सन्तोषजनक रहेको सुनाए ।

घिसिङले थाङ्का कलामा बजारको स्थिति राम्रो रहेपनि नयाँ पुस्ताका कलाकारहरुको उपस्थिति न्यून रहेको सुनाए । ‘नयाँ पुस्ताका कलाकारहरु यसमा आउनुपर्छ भन्ने हो । तर किन आउनु भएन भन्ने चाहिँ चिन्ताको विषय छ।’ कलाको सिर्जना र गुनात्मक दुवै पक्षलाई जोड्न समन्वयको भुमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

घिसिङको कुरामा सहमत हुँदै व्यवसायी शाक्यले पौभा कलाकारहरुलाई कला सिर्जना गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था रहेको सुनाउँदै व्यवसायी र कलाकारहरुको सम्बन्ध सुमधुर रहेको बताए । परम्परागत कलाको विस्तारको लागि समय सापेक्ष चल्नुपर्ने प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए । उनका अनुसार परम्परागत कलाको जुन मौलिक दर्शन र विचारलाई परिस्कृत नगरीकन हामी समय अनुसार चल्न सक्छौं ।

आगामी दिनमा कला विकासका लागि प्रतिष्ठान सहकार्यको तयार भएको उनले सुनाए । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञहरु, अग्रज कलाकार तथा पत्रकारहरु सहभागी थिए

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal