आज :

भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको छ, यो सूचनाको हकका लागि चुनौति होः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतङ्क बृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भएको बताएकी छिन् ।

‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् ।

बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्री शर्माले ‘अनलाइन स्पेस’को विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको दाबी गरिन् ।

उनले भनिन्, ‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको छ । यो पनि सूचनाको हकको सन्दर्भमा चुनौतिपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’

मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउनको लागि कानुनी र संस्थागत प्रयास गरिरहेको छ । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा निती, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal