आज :

बाँके बस दुर्घटना : एउटै वडाका पाँच सहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर

  • अनलाइन डबली

काठमाडौं । बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्द र सहचालक रहेका छन् । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा अन्य ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको  डिएसपी डाँगीले बताए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बस तिव्र गतिमा आएकोले दुर्घटना भएको बुझिएको छ । चार जनालाई नेपालगञ्ज नर्सिङ होममा उपचार भैरहेको छ । चार मध्ये दुई जनाको अवस्था गम्भीर छ ।’ दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको ठाकुरबाबा नगरपालिका–९ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोली चढेको बस बाँकेको शमशेरगन्ज नजिक रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

डिएसपी डाँगीका अनुसार घाइते ९ जनाको अवस्था सामान्य छ । दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । नेपालगञ्ज नर्सिङ होममा उपचार गराईरहेको चार मध्ये दुईको अवस्था गम्भीर रहेको र आइसियुमा उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । डिएसपी डाँगीले बसमा ४० जना सवार रहेको बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal