
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न भएको भेटमा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको चारदिने भ्रमणमा रहेका महासचिव गुटेरेसले शान्तिप्रक्रिया प्रति चाँसो राखेका थिए । प्रधानमन्त्रीले डेटलाइन बनाएर शान्ति प्रक्रियाका बाँकी काम सक्ने गरी सरकार अगाडि बढेको र पीडितलाई न्याय दिने कुरामा सरकार प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।
गुटेरेसले यसअघि उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।