आज :

एमाले कर्णाली अध्यक्षमा पाँच जना प्रतिस्पर्धामा, १२ बजेबाट मतदान

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षको लागि पाँच नेता प्रतिस्पर्धामा उत्रेका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने हेडक्वाटरको प्रयास असफल भएपछि चुनावबाटै नेतृत्व चयन गर्ने पक्का भाएको हो ।

अध्यक्षमा उम्मेदवारी दिएका पाँचै जना नेता पछि हट्न तयार छैनन् । निर्वाचन तालिकाअनुसार बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने बताइएको छ ।

त्यस्तै दिउँसो १२ बजे मतदान सुरु हुने निर्वाचन तालिकामा उल्लेख छ ।

अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal