आज :

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट पारित

  • अनलाइन डबली

मधेस । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
सोमबार बसेको मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो ।
मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले बजेटमा बिचोलीया हावी भएको भन्दै बजेट पुनरलेखन गर्नु पर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आजको बैठकमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालसहित प्रमुख प्रतिपक्षमा रहेका ६ दलका सांसदले अर्थमन्त्रीको राजिनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । जनता समाजवादी पार्टी नेपालका सांसद एव पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक, सांसदलाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको भन्दै आर्थिक अपराधको संज्ञा दिएका थिए ।
सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरी सांसदलाई वितरण गरेकोमा सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक देखिएपछि उनले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै आजको बैठकबाट बाहिर निस्किएका थिए ।
प्रमुख प्रतिपक्ष बैठक बाट बाहिरिएपनि अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए ।
मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal