
काठमाडौँ । तामाङ समुदायको इतिहास, भूगोल, सभ्यता र संस्कृति बुझाउने तामाङ लोककथालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न नयाँ प्रविधिको उपयोग हुनुपर्नेमा जोड दिइएको छ ।
तामाङ पत्रकार सङ्घद्वारा शनिवार राजधानीमा लेखक,सङ्कलद्वय रविन्द्र तामाङ र सोनी तामाङको तामाङ कथाको सङ्गालो बारे आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।
साहित्यकार फूलमान वलले अहिलेका पुस्ताले पुस्तक पढ्दैनन्, तामाङ समुदायको सभ्यता, इतिहासबारे नयाँ पुस्तालाई बताउने हो भने कथालाई नाटक, फिल्म र कार्टुनमा परिणत गरी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले तामाङ समाजमा लोककथाले निर्वाह गरेको महत्वपूर्ण सन्देशबारे चर्चा गर्दै भन्नुभयो,“ तामाङ लोककथाको सङ्गालोमा समेटिएका तामाङ बाहुल्य क्षेत्रमा पुस्तान्तरण हुँदै आएको कथाहरुलाई रविन्द्र तामाङ र सोनी तामाङले सङ्कलन गरी अभिलेखीकरण पुस्तकका रुपमा आएकोले अब कथा हराउँदैनन् तर अहिलेका पुस्ताको रुचिलाई सम्मान र नयाँ अवसर, प्रविधिको पनि उपयोग भने गर्दै जानुपर्छ ।”
पद्मकन्या कलेजका सहप्राध्यापक विमला नेपालले तामाङ लोककथा सङ्गालोमा सङ्कलन भएका लोककथाहरु छोटा, मिठा, सरल शैलीमा छन् भन्दै यसलाई परिमार्जित गरी पाठ्यक्रममा राख्न सकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले लेखक द्वयले लोककथा सङ्गालोमा धार्मिक, ऐतिहासिक र सामाजिक कथालाई सङ्कलन गरी समाजको वृहत पाटोलाई अभिलेख राख्न योगदान दिएको पनि बताउनुभयो ।
लेखक विना थिङले तामाङ समुदायका पाका व्यक्तिहरुले साँझ विहान अगेनाको छेउछाउ बसेर आगो ताप्ने बेलामा साना बालबालिकालाई सुनाउँदै आएका उक्त लोककथाहरुले समुदायको संस्कृति, धार्मिक र ऐतिहासिक पक्षको उजागर गर्ने बताउनुभयो । लेखक एवं उपप्राध्यापक कुमारी लामाले तामाङ लोककथाका सङ्गालोमा २३ वटा तामाङ कथा छन्, जसले तामाङ समुदायको इतिहास, संस्कृतिका अभिन्न अङ्गहरु डम्फु, पेङ्दोर्जे, प्रकृति, पर्यावरणका प्रसस्त प्रसङ्ग उल्लेख गरिएको बताउँदै आदिवासी प्रकृतिका कति नजिक छन् भन्ने तथ्य समेत उजागर भएको बताउनुभयो ।
लेखक सोनी तामाङले तामाङ लोककथा सङ्गालोमा सङ्कलन गरिएको “नाक थेप्चो स्याल ” शीर्षकको कथा बाचन गर्दै लोककथाहरु पहिलो पुस्ताले दोस्रो र दोस्रो पुस्ताले तेस्रो पुस्तालाई सुनाउँदै आउका कथाहरु हुन्, यो लोकको कथा हुन्, भन्नुभयो ।
तामाङ पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष तीर्थमान बलले तामाङ लोककथाले युगौंदेखिका तामाङ सभ्यता, संस्कृति र इतिहासका कुरालाई कथाको रुपमा वाचन गर्दै आएको बताउनुभयो
शिवा