
काठमाडौँ । नेपालमा कोरोनामुक्त भएर सामान्य जीवनम फर्किनेको संख्या २ लाख ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप ८४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।
कुल संक्रमित संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । विहीबार थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० जना मात्रै रहेका छन् ।
यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा ५ हजार ५५५ नमूना परीक्षण गरिएको बताइएको छ ।
त्यसैगरी ६ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार ७ सय ४९ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको कोरोना परीक्षण गरिएको छ । विहीबार देशभर ४४४ जना क्वारेन्टिनमा रहेका छन् ।