
काठमाडौँ । भूकम्पबाट प्रभावित कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना बढेको छ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्प पीडित खुला आकाशमुनी रात बिताइरहेका छन् । यही बेला मौसम पनि एकाएक बदली आएपछि भूकम्प पीडितहरु चिन्तित बनेका छन् ।
जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएपनि आशसापका ११ जिल्ला प्रभावित भएका छन् । सल्यानको दार्मालगायतका ठाउँमा नागरिकहरु खुला आकाशमै रात बिताइरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कर्णाली, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।