
काठमाडौँ । नेकपा (एमाले) ले नयाँ समिकरणमा आलोपालो प्रधानमन्त्री छोडेको छ । यसअघि बनेको समिकरणमा प्रचण्ड र ओलीले आलोपालो सरकारको नेतृत् वगर्ने सहमति भएको थियो ।
तर, यसपटक भने ओलीले आलोपालो प्रधानमन्त्रीमा अडान नराखेको बताइएको छ । स्रोतका अनुसार एमालेले चुनावी सरकारको नेतृत्व गर्ने रहर गरेको छ । त्यसमा पनि उसको अडान भने छैन ।
२०८४ सम्मै सरकार बाहिर रहनुपर्ने भएपछि एमाले प्रधानमन्त्रीबाहेक पनि माओवादीसँग सहकार्य गर्न तयार भएको हो । “यो समिकरण सरकारको नेतृत्व आलोपालोका आधारमा भएको होइन, स्थिर सरकार बनाउने र समाजवादको यात्रामा अघि बढ्ने सहमतिका आधारममा बनेको हो । २०८३ सम्मै सरकारको नेतृत्व प्रचण्डले गर्ने कुरामा कुनै शंका छैन । चुनवी सरकारको नेतृत्व गर्ने ओलीले रहर गर्नुभएको छ” स्रोतले भन्यो ।
स्रोतका अनुसार २०८३ सम्मै प्रचण्डले सरकारको नेतृत्व गर्ने कुरामा कुनै विवाद छैन र अन्तिम बर्ष ओलीलाई नेतृत्व दिने नदिने विषयमा कुनै छलफल भएको छैन । नयाँ समिकरण बनाउन एमालेबाट महत्वपूर्ण भूमिका खेलेका महासचिव शंकर पोखरेलले नै एमाले आलोपालोको विषयमा अडान नदिने बताएका थिए ।
उक्त सन्देश माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बालुवाटार पुर्याएका थिए । त्यसपछि दुबै पार्टीका नेताहरुबीच अझै खुलेर छलफल गर्ने वातावरण बनेको बताइएको छ ।
नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डको अभियानलाई साथ नदिएपछि गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्डले चालेको सुशासन र भ्रष्टाचार विरोधी अभियानमा साथ दिनुको साटो सार्वजनिक कार्यक्रममै सरकारका विरोध गर्दै आएका थिए ।
राष्ट्रियसभा चुनावसम्म आउँदा पनि काँग्रेसले फेरि कोशी प्रदेशमा धोका दियो । गद्दार गर्नेलाई अनुशासनको कारवाही गर्न समेत सकेन । त्यतिभन्दा महासमिति बैठकमा माओवादीसँग गठबन्धन नगर्ने राजनीतिक प्रस्ताव नै पारित गरियो ।
अब काँग्रेस संघ र सातवटै प्रदेश सरकारबाट आउट हुनेछ ।