आज :

उपल्लो मुगुका स्थानीयले एक सातासम्म मनाए ‘सोनाम लोसार’

  • अनलाइन डबली

मुगु । जिल्लाको उत्तरपुर्वी भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकमा रहेका स्थानीय मुगल, लामा तथा तामाङ्ग, कमारोङ्गलगायतका जनजाति समुदायले पुर्खा देखी मनाउँदै आएको सोनाम लोसार एक हप्तासम्म विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । उनीहरुले सोनाम लोसारलाई चाडको रुपमा भव्यसँग मौलिक रुपले मनाउँने गर्दछन् ।

मुगुमकार्मारोङ्ग गाउँपालिकामा रहेको ९ वटा वडामध्ये ८ वडामा जनजाति समुदाय बसोबास गर्दछन् । उनीहरुले सोनाम लोसार विविध कार्यक्रम आयोजना गरी एक हप्तासम्म मनाएका छन् । आज लोसारको अन्तिम दिन हो ।

वडा नम्बर १ देखी ८ सम्म जनजाती तथा बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको छ । एक हप्तासम्म लोसारलाई मिठो खाने,धनुषबाण लगायत विविध खेलहरु खेल्ने,रमाइलो गर्ने,आफन्त र मान्यजनसँग भेटघाट र आर्शिवाद लिने, गुम्वामा पूजापाठ गर्ने जस्ता विविध कार्य गरी मनाएको मुगुमकार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याम्ने लामाले जानकारी दिए ।

सो क्रममा प्रत्येक वडामा धनुष खेल्ने तथा स्थानीय लामा देउडा गाउँने, पुराना बाजा बजाई मौलिक पहिरनमा सजिएर नाचगान गर्ने लगायतका विविध मनोरञ्जनात्मक र सास्कृतीक कार्यक्रमको आयोजना गरीएको हो ।

उनीहरुले यो चाडलाई प्रकृतिसँग जोडेर मनाउँदै आएका छन् । अषाढमा लगाएको खेतीलाई मंसिमा भित्र्याएर पुषमा नयाँ अन्नबाट परिकार बनाई खाने,आफू र आफ्नासँग समय व्यतित गर्ने महिनाको रुपमा पुष महिनालाई महत्व दिँदै आएको स्थानीय बताउँछन् ।

कार्मारोङ गाउँपालिकाकामा बसोबास गर्ने दोल्फु, चिताई, पुअ, ताखा, खारी, कार्ती, किर्मी, माग्री, मह, रिउस, दाउरालगायत सदरमुकाम गमगढी बस्ने लामा, मुगल, तामाङ जस्ता जनजाती समुदायमा सोनाम लोसार हर्ष उल्लासका साथ मनाउने प्रचलन छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal