आज :

इजरायलमा केही नेपालीहरु हताहत भएको हुनसक्छ : परराष्ट्रमन्त्री साउद

  • अनलाइन डबली

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने बताए ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले इजरायलमा नेपालीहरुमा भएको हिंसाको घटनामा नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराउँदै इजरायलमा रहेका नेपालीको सुरक्षा, घाइतेहरुको अवस्था र उपचार ,आक्रमणमा परेका नेपालीको उद्धारबारे सरकार गम्भिर रहेको बताए ।

उनले भने,‘ नेपाली दूतावासका अनुसार गाजा क्षेत्रमा अयनका लागि रहेका १७ जना नेपालीहरु मध्य २ जना सकुशल रहको ३ जना घाइतेको उपचार निजी अस्पतालमा भइरहेको छ । बाँकी १२ जना मध्य केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । नेपाल सरकारले यसलार्य गम्भिर रुपमा लिएको छ । ’

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए ।

त्यस्तै कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

उद्धार कार्यको लागि आवश्यक निर्णय लिने सम्वन्यन तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु सकारले गर्ने उनको भनाई छ । उनले आजै मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमण र त्यसमा घाइते भएको नेपालीको अवस्था ,सुरक्षा र उद्धार सम्बन्धमा साउदले कुराकानी गरेका हुन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal