काठमाडौँ । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका टिकटहरु काठमाडौं बाहिर विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट समेत वितरण गरिने भएको छ । निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी अन्य कार्यालयहरुबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धीत विभागीय प्रमुखहरुलाई विशेष निर्देशन दिएका हुन् ।
निगमले आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी यी स्थानहरु बात टिकट वितरण ब्यबस्था मिलाउने जनाएको छ ।
साथै, निगमले यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेभसाइट बाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत सेवा दिदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकटिंग सेवा लिने विश्वास लिइएको जनाएको छ ।